चुनावको ऋण तिर्न वडाध्यक्ष विदेश पलायन

मिति: २०२४-०८-०७ , समय : ०९:२७:३७ , Our Pradesh

Our Pradesh

दाङका वडाध्यक्ष गुरूङ विदेश पलाय

 

दाङको राप्ती गाउँपालिका–८ का वडाध्यक्ष चन्द्रबहादुर गुरूङ विदेश पलायन भएका छन्। युवालाई विदेश पलायन हुन नदिन योजना र रोजगारीको अवसर सिर्जना गर्नुपर्ने अवस्थामा वडाध्यक्ष स्वयंले वैदेशिक रोजगारीका लागि बेलायत गएका छन्।

गुरूङले वडा सदस्य चम्पा पुनलाई कार्यवाहक जिम्मेवारी दिएर विदेश उडेका हुन्। २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका गुरूङ ऋण तिर्नको लागि वैदेशिक रोजगारीमा गएको जनाइएको छ। निर्वाचित हुनु अघि, उनी सोही वडा कार्यालयमा कार्यालय सहयोगी थिए।

 

गत मंगलबार उनले वडासचिव असलेख कुमार चौधरीलाई वैदेशिक भ्रमणमा जाँदैछु भन्ने व्यहोराको चिठी तयार गर्न लगाएका थिए, तर चिठीमा आफ्नो गन्तव्य खुलाएका थिएनन्। पछि परिवारले जानकारी दिए अनुसार, उनी बेलायतमा रोजगारीका लागि पुगेका छन्।

वडाध्यक्ष गुरूङका पत्नी संगीता र दुई छोरा छन्, जो विद्यालय तहमा पढ्छन्। गुरूङका बुबा निमबहादुर बेलायतका निवृत्त सेना थिए र उनकी आमा बालिकादेवीको पनि गत वर्ष निधन भइसकेको छ। वडाध्यक्ष गुरूङको विदेश पलायनले स्थानीय स्तरमा असन्तोष उत्पन्न गरेको छ।

प्रकाशित मिति: २०२४-०८-०७ , समय : ०९:२७:३७ , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित