कानेपोखरी नगर प्रहरी द्वारा साइकल चोर पक्राउ

कानेपोखरी । मोरङको कानेपोखरी ६ स्थित रमाइलो बजारमा साइकल चोरी गरेको अबस्थामा २ युवा पक्राउ परेका छन् ।

मिति: २०२४-०८-०८ , समय : ०९:३८:१३ , बिबेक खतिवडा

बिबेक खतिवडा

कानेपोखरी । मोरङको कानेपोखरी ६ स्थित रमाइलो बजारमा साइकल चोरी गरेको अबस्थामा २ युवा पक्राउ परेका छन् ।

कानेपाेखरी नगर प्रहरी प्रमुख युवराज भुजेलको नेतृत्वमा खटिएको टोलिले मङलवार करिव ५ वजे रमाइलो वजार वाट साइकल चोरी गरेर लग्दैगर्दा सुन्दरहरैचा २ मृगौलिया घर वताउने अन्दाजी ३० बर्षका राजिन चौधरी र अन्दाजी २५ बर्षिय श्याम चौधरी लाई पक्राउ गरेको छ ।

पक्राउ गरि साेधपुछ गर्दा कानेपोखरी बाट करिव ७ वटा साइकल चाेरिसकेको वयान दिएकाे छन्न। भने चाेरि गरेर साइकल सुनसरीको इनरुवा लगि महेश शाहलाई बेचबिखन गर्दै आएको समेत बताएका छन् ।

कानेपोखरी नगर प्रहरी प्रमुख युवराज भुजेलका अनुसार कानेपोखरी सि.एच. आइ.टि.एफ.टेक्वाण्डो संघका खेलाडि हरु खेल खेल्न आएको समयमा साइकल चोरी भयकाे हुनाले दिउँसो 12बजे देखि पछि लागेर बेलुका ५बजे साईकल चाेरेर लादै गर्दा लखेटेर नगर प्रहरी प्रमुख भुजेल आफैले समात्न सफल भएको बताएका छन् ।
समातिएका २ चोरलाई नगर प्रहरीले रमाइलो प्रहरी लाई बुजाएको छ ।

यश अघि शुक्रबार समेत नगर प्रहरीको टोलिले साइकल चोरी भैरहेको जानकारी पाए पछि नगर प्रहरी प्रमुख भुजेलको नेतृत्वमा खटिएको टोलिले फिल्मी सैलीमा चोर समातेका थिए ।

कानेपोखरी गाउँपालिकामा आएका सेवाग्राहीको साइकल लगि बजारमा ताला नलगाइ राखी निरीक्षण गर्दा सोही साइकल मा एक ब्यक्ती आइ ताला लगाएर गएका थिए । केही समय पछि आएर साइकलको ताला खोली साइकल लिएर जाने क्रममा नगर प्रहरीले पक्राउ गर्न सफल भएको नगर प्रहरी प्रमुख भुजेलले बताए ।

प्रकाशित मिति: २०२४-०८-०८ , समय : ०९:३८:१३ , ८ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित