रंगेली दुर्घटनामा गम्भीर घाइते भएका चालक राजु मण्डलको निधन
मिति: २०२४-०८-०८ , समय : १८:२२:४८ ,
Our Pradesh
Our Pradesh
रंगेली दुर्घटनामा गम्भीर घाइते भएका चालक राजु मण्डलको निधनमोरङ, साउन १९: मोरङको रंगेलीमा गत २०८१ साउन १९ गते भएको सडक दुर्घटनामा गम्भीर घाइते भएका निचामारीटोलका राजु मण्डलको आज विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको छ। रंगेली हस्पिटल अगाडि भएको उक्त दुर्घटनामा मे ३ प 7964 नम्बरको कालो साइन मोटरसाइकल दुर्घटनाग्रस्त हुँदा राजु मण्डल र सन्तोष मण्डल घाइते भएका थिए।गम्भीर अवस्थामा रहेका राजु मण्डललाई तत्कालै विराटनगरको न्यूरो अस्पतालमा उपचारका लागि लगिएको थियो, तर उपचारकै क्रममा आज बिहान उनले ज्यान गुमाएका हुन्। यो दु:खद खबरले परिवारजन, मित्र, र सारा समुदायमा गहिरो शोक छाएको छ। दुर्घटनामा गम्भीर घाइते सन्तोष मण्डलको अवस्था भने स्थिर रहेको बताइएको छ।
राजु मण्डलको असामयिक निधनले सम्पूर्ण समुदायलाई स्तब्ध बनाएको छ। यस दु:खद घडीमा परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै स्वर्गीय राजु मण्डलको आत्माको चिरशान्तिको कामना गरिन्छ।
प्रकाशित मिति: २०२४-०८-०८ , समय : १८:२२:४८ , ८ महिना अगाडि