५५ वर्षीय सुनवर्षीका पुरुष २००० थान लागू औषध सहित प्रहरी नियन्त्रणमा

मिति: २०२४-०८-११ , समय : १६:५३:११ , Our Pradesh

Our Pradesh

“मिति २०८१ साल श्रावण १६ गते, दिनको १६:०० बजे मोरङ जिल्ला, रंगेली नगरपालिका वडा नं. ७ स्थित रंगेली बजारको काली मन्दिर अगाडि, पुर्व-पश्चिम पक्की सडक खण्डमा, प्रहरी चेकजाँचको क्रममा एउटा शंकास्पद मोटरसाईकललाई रोकी चेकजाँच गरियो। पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र.-१-०२-०४५ प ५२१३ नम्बरको कालो रंगको सुपरस्पेन्डर मोटरसाईकलमा सवार, सुनवर्षी नगरपालिका वडा नं. ९ डाईनियाका ५५ वर्षीय भिम प्रसाद सिंहलाई शंका लागी जाँच गर्दा, निजको साथमा रहेको कालो रंगको SUNNY लेखिएको भिर्ने झोलामा Tramadol Hydrochloride Capsules IP 50 mg लेखिएको अवैध लागूऔषधका २००० क्याप्सुलहरू फेला परे।

निजलाई तत्काल पक्राउ गरि, लागूऔषध तथा मोटरसाईकल रितपूर्वक बरामद गरिएको छ। हाल यस घटनामा सम्बन्धित व्यक्तिलाई सम्मानित अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको छ।

 

प्रकाशित मिति: २०२४-०८-११ , समय : १६:५३:११ , ८ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्