रङ्गेली युवा महोत्सव २०८१ , “राष्ट्रिय निर्माणमा युवाको भूमिका” शीर्षकमा व्यक्तित्व कला प्रतियोगिता आयोजना
नयाँ पुस्ता सामाजिक संस्थानको आयोजनामा सोमवार तिरुपति बालाजी, रङ्गेली को सभागृहमा सम्पन्न भएको रङ्गेल युवा महोत्सव २०८१ अन्तर्गत "राष्ट्रिय निर्माणमा युवाको भूमिका" विषयमा आधारित माध्यमिक विद्यालय स्तरीय व्यक्तित्व कला प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि मनोज अग्रवाल र अध्यक्षता बमबलाल खवासले गरेका थिए।
मिति: २०२४-०८-१२ , समय : १७:१४:२७ ,
राम कुमार शर्मा
राम कुमार शर्मा
रङ्गेली,नयाँ पुस्ता सामाजिक संस्थानको आयोजनामा सोमवार तिरुपति बालाजी, रङ्गेली को सभागृहमा सम्पन्न भएको रङ्गेल युवा महोत्सव २०८१ अन्तर्गत “राष्ट्रिय निर्माणमा युवाको भूमिका” विषयमा आधारित माध्यमिक विद्यालय स्तरीय व्यक्तित्व कला प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि मनोज अग्रवाल र अध्यक्षता बमबलाल खवासले गरेका थिए।
प्रतियोगितामा विभिन्न विद्यालयका १४ जना विद्यार्थीले भाग लिएका थिए। प्रत्येक विद्यालयबाट एक-एक जना प्रतिनिधित्व गर्दै आएका यी विद्यार्थीहरूमा छात्राहरूको सहभागिता उल्लेखनीय थियो।
प्रतियोगितामा त्रिभुवन माध्यमिक विद्यालय, रङ्गेलीकी छात्रा मनिषा कार्कीले प्रथम स्थान हासिल गरिन्। उनले रु पाँच हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरिन्। द्वितीय स्थानमा एकता मावि, रङ्गेलीकी आर्या पनेरु रहिन्, जसले रु दुई हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरिन्। तृतीय स्थानमा महेन्द्र मावि, रङ्गेलीकी स्मारिका खत्री रहिन्, जसले रु एक हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरिन्। बाँकी अन्य सहभागीहरूले सहभागी प्रमाणपत्र प्राप्त गरे।

कार्यक्रमको सुरुवात बिरुवामा पानी हालेर गरियो, जसले वातावरणीय सचेतनाको सन्देश समेत प्रवाहित गर्यो। कार्यक्रमको अर्को आकर्षण नृत्य प्रदर्शन थियो, जसको नेतृत्व दिलकुमार राजवंशीले गरेका थिए।

कार्यक्रमको दौरानमा उपस्थित अतिथिहरूलाई खाँदा लगाएर स्वागत गरियो र उनीहरूलाई मायाको चिनो प्रदान गरियो।

यस महोत्सवले युवाहरूलाई राष्ट्रिय निर्माणमा उनीहरूको भूमिकालाई पहिचान गराउन र उनीहरूलाई नेतृत्वदायी क्षमतामा अगाडि बढ्न प्रेरित गरेको छ। कार्यक्रमको सफलताले आयोजक संस्था नयाँ पुस्तालाई पनि थप ऊर्जा र प्रेरणा दिएको छ, जसले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा १०० भन्दा बढी व्यक्तिहरूको उपस्थिति रहेको थियो, जसले समग्र कार्यक्रमलाई थप आकर्षक बनायो।


















प्रकाशित मिति: २०२४-०८-१२ , समय : १७:१४:२७ , ८ महिना अगाडि