गठ्ठाघर दुर्घटनामा मृत्यु हुने स्कुटर चालकको पुरुष रहेको डीएसपीको भनाइ
मिति: २०२४-०८-१५ , समय : २१:२९:०९ , Our Pradesh
मिति: २०२४-०८-१५ , समय : २१:२९:०९ , Our Pradesh
Our Pradesh
गठ्ठाघर दुर्घटनामा मृत्यु हुने स्कुटर चालकको पहिचान प्रयास भइरहेको
भक्तपुरको गठ्ठाघरमा भएको ट्रक दुर्घटनामा मृत्यु भएका स्कुटर चालक करिब ४०-४५ वर्षका पुरुष भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी राजन कार्कीका अनुसार दुर्घटनास्थलमा उत्तम कोइरालाको नाममा रहेको ब्लु बुक फेला परेको छ, जसका आधारमा मृतक व्यक्ति कोइरालानै हुनसक्ने अनुमान गरिएको छ। तर, हालसम्म मृतकको सनाखत गर्न सकिएको छैन।
दुर्घटना नाच ६ ख २१७३ नम्बरको ट्रक र बा ४९ प ८९४४ नम्बरको स्कुटर बीच भएको हो। प्रत्यक्षदर्शीहरूका अनुसार, ट्रकले स्कुटरलाई ठक्कर दिएर केही मिटरसम्म घिसारेको थियो। स्कुटर चालकलाई तत्कालै त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमको लागि पठाइएको छ। दुर्घटनामा संलग्न ट्रकलाई महाराजगञ्जस्थित सशस्त्र प्रहरी गण नम्बर २ मा राखिएको छ।
प्रकाशित मिति: २०२४-०८-१५ , समय : २१:२९:०९ , ८ महिना अगाडि