रङ्गेली हस्पिटल गेट अगाडि लागूऔषध सहित तीन भारतीय पक्राउ
मिति: २०२४-०८-१६ , समय : १६:०१:०५ , पारस मण्डल
मिति: २०२४-०८-१६ , समय : १६:०१:०५ , पारस मण्डल
पारस मण्डल
रङ्गेलीमा लागूऔषध सहित तीन भारतीय पक्राउ
रङ्गेली, मोरङ – रङ्गेलीको हस्पिटल गेट अगाडि हिजो पथरी प्रहरी कार्यालयबाट खटिएका गोप्य प्रहरी टोलीले लागू औषध ब्राउन सुगर सहित तीन भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्तिहरूमा २५-२६ वर्ष उमेर समूहका भाष्कर कुमार शर्मा, सौरभ कुमार पासवान, र मिथिलिस कुमार मण्डल रहेका छन्।
प्रहरीले सुराकीको आधारमा एकजनालाई कानीपोखरीबाट समात्न सफल भएको थियो भने बाँकी दुईजनालाई रङ्गेलीको हस्पिटल गेटबाट नियन्त्रणमा लिइएको हो। प्रारम्भिक अनुसन्धानले पक्राउ परेका तीनै जनाको स्थायी ठेगाना भारतको क्वाडी र कुर्साकाट रहेको पत्ता लागेको छ।
हाल, रङ्गेली र सुनबर्सी लगायतका नाकाहरूबाट लागू औषध कारोबारको गतिविधि बढ्दै गइरहेको छ। यसैको प्रतिकारस्वरूप इलाका प्रहरी कार्यालय रङ्गेली र छिमेकी पथरी उर्लाबारीका प्रहरीहरू सक्रिय छन्। इलाका प्रहरी कार्यालय रङ्गेलीका इन्सपेक्टर सन्तोष खड्काको नेतृत्वमा हालैदेखि लागू औषध कारोबारीहरूलाई समात्ने अभियान तीव्र बनाइएको छ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजीलाई तीव्र पारेको छ।
प्रकाशित मिति: २०२४-०८-१६ , समय : १६:०१:०५ , ८ महिना अगाडि