स्नाइपरले पूर्व राष्ट्रपति ट्रम्पको हत्या प्रयासलाई विफल बनायो
वाशिंगटन, संयुक्त राज्य अमेरिका अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको हत्या प्रयासलाई एक प्रहरीका स्नाइपरले विफल बनाएको खुलासा भएको छ। लुइसियानाका सांसद क्ले हिगिन्जले तयार पारेको प्रतिवेदन अनुसार, घटनामा संलग्न टमस म्याथ्यू क्रुक्सले ट्रम्पलाई राइफलले ताकेर पहिलो गोली चलाउने प्रयास गरे, तर प्रहरीका स्नाइपरले उनको राइफलमा गोली हानी रोकिदिएका थिए।
मिति: २०२४-०८-१७ , समय : १४:४७:५७ ,
Our Pradesh
Our Pradesh
वाशिंगटन, संयुक्त राज्य अमेरिका
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको हत्या प्रयासलाई एक प्रहरीका स्नाइपरले विफल बनाएको खुलासा भएको छ। लुइसियानाका सांसद क्ले हिगिन्जले तयार पारेको प्रतिवेदन अनुसार, घटनामा संलग्न टमस म्याथ्यू क्रुक्सले ट्रम्पलाई राइफलले ताकेर पहिलो गोली चलाउने प्रयास गरे, तर प्रहरीका स्नाइपरले उनको राइफलमा गोली हानी रोकिदिएका थिए।
घटना पेन्सिल्भेनियाको बट्लरमा गत १४ जुलाईमा भएको थियो, जहाँ ट्रम्पको ज्यान बचाउन प्रहरीका स्नाइपरको भूमिका महत्त्वपूर्ण रह्यो। प्रतिवेदनका अनुसार, स्नाइपरले चलाएको गोलीले क्रुक्सको राइफलमा क्षति पुर्याएपछि उनलाई ट्रम्पलाई निशाना लगाउन कठिनाइ भयो।
घटनाको केही क्षणपछि, सीक्रेट सर्भिसका स्नाइपरले टमस म्याथ्यू क्रुक्सलाई मारिदिएका थिए। यस घटनाले ट्रम्पको ज्यान बचाउन महत्वपूर्ण भूमिका खेलेको छ।
यो समाचार बीबीसीको स्रोतलाई आधार मानेर तयार पारिएको हो।
प्रकाशित मिति: २०२४-०८-१७ , समय : १४:४७:५७ , ८ महिना अगाडि