सवारी चालक अनुमतिपत्रको विकल्पमा राष्ट्रिय परिचयपत्र लागू गर्न सातै प्रदेश तयार

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को विकल्पका रूपमा राष्ट्रिय परिचयपत्रलाई प्रयोगमा ल्याउने योजनामा सातै प्रदेशका यातायात मन्त्रीहरू र सचिवहरूले सहमति जनाएका छन्।

मिति: २०२४-०८-१७ , समय : २०:४१:२० , Our Pradesh

Our Pradesh

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को विकल्पका रूपमा राष्ट्रिय परिचयपत्रलाई प्रयोगमा ल्याउने योजनामा सातै प्रदेशका यातायात मन्त्रीहरू र सचिवहरूले सहमति जनाएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित छलफलमा यो व्यवस्था कार्यान्वयनका लागि ट्राफिक प्रहरीले आवश्यक पर्ने उपकरण खरिदमा प्रदेश अन्तर्गतका मन्त्रालयहरूले सहयोग गर्ने निर्णय भएको छ।

सरकारले लाइसेन्सको सट्टा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी गरेको छ। यसका लागि सवारी चालकले आफ्नो राष्ट्रिय परिचयपत्र वा नम्बर प्रस्तुत गरेर ट्राफिक प्रहरीले विशेष उपकरणमार्फत् लाइसेन्स भए/नभएको पत्ता लगाउने छन्।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले सबै प्रक्रिया पूरा भएर ट्राफिक प्रहरीलाई मोबाइल उपकरण उपलब्ध गराएपछि यो नियम लागू हुने जानकारी दिनुभयो।

प्रकाशित मिति: २०२४-०८-१७ , समय : २०:४१:२० , ८ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित