लोड सेटिङ अब इतिहास भइसक्यो : कुलमान घिसिङ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राकृतिक र प्राविधिक कारण यदाकदा बिजुली आउने जाने गरेपनि लोडसेडिङ अब इतिहास भइसकेको बताएका छन्।
मिति: २०२४-०८-१८ , समय : ११:००:५६ , Our Pradesh
मिति: २०२४-०८-१८ , समय : ११:००:५६ , Our Pradesh
Our Pradesh
मोरङ्ग-नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राकृतिक र प्राविधिक कारण यदाकदा बिजुली आउने जाने गरेपनि लोडसेडिङ अब इतिहास भइसकेको बताएका छन्। प्राधिकरणको ३९ औं वार्षिक उत्सव अवसरमा कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन्
घिसिङले २०७३ मा तिहारको लक्ष्मी पूजाको दिनदेखि काठमाडौँ उपत्यकाबाट अन्त्य गरेको लोडसेडिङ २०७५ वैशाखदेखि देशभर अन्त्य गर्न सफल भएको बताए। कुनैबेला देशमा दैनिक १८ घण्टा लोडसेडिङबाट बेहोर्नुपरेको अवस्थामा अहिले भारतमा बिजुली निर्यात गर्ने अवस्था पुगेको छ।
वर्षैयाममा ७०० मेगावाट भन्दा बढी बिजुली निर्यात गर्ने अवस्थामा पुगेको उनले जनाएममा भारत निर्यात गरी व्यापार घाटा कम गरी विदेशी मुद्रा आर्जन गर्न सहयोग पुगेको उन को भनाइ थियो। युद्धमा अझै केही महिना आयात गर्नु परे तापनि आयातको परिणाम घट्दै जाने उनले बताए।
प्रकाशित मिति: २०२४-०८-१८ , समय : ११:००:५६ , ८ महिना अगाडि