भानु मेमोरियल एकेडेमीले मनाए रक्षा बन्धन।

रंगेली नगरपालिका वडा नं ७ अवस्थित भानु मेमोरियल एकेडेमी स्कुलले यस वर्षको रक्षाबन्धन पर्वलाई आफ्नै स्कुल आंगनमा विशेष रुपमा मनाएको छ।

मिति: २०२४-०८-१९ , समय : ०९:४४:४८ , Our Pradesh

Our Pradesh

रंगेली(मोरङ) रंगेली नगरपालिका वडा नं ७ अवस्थित भानु मेमोरियल एकेडेमी स्कुलले यस वर्षको रक्षाबन्धन पर्वलाई आफ्नै स्कुल आंगनमा विशेष रुपमा मनाएको छ।

विद्यालयले विद्यार्थीहरूलाई सानैदेखि आफ्नो धर्म, संस्कृति, र चाडपर्वको पहिचान गराउन र चाडपर्व कसरी मनाउने भन्ने उद्देश्यका साथ विभिन्न पर्वहरू विद्यालयमै मनाउँदै आएको छ। यसक्रममा, रक्षाबन्धनको दिनमा विद्यार्थीहरूबीच उल्लासमय वातावरणमा डोरो बाँध्ने र संस्कार सिकाउने कार्यक्रम आयोजना गरियो।

विद्यालयका विद्यार्थीहरू र शिक्षकहरू मिलेर पारम्परिक तरिकामा रक्षाबन्धन पर्व मनाउँदै चाडपर्वको महत्वबारे छलफल गरे। यस अवसरमा विद्यालयका प्रधानाध्यापकले यस्ता कार्यक्रमहरू मार्फत विद्यार्थीहरूलाई आफ्नो मौलिक संस्कार र परम्पराको ज्ञान दिलाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

भानु मेमोरियल एकेडेमीले यसअघि पनि विभिन्न चाडपर्वहरू विशेष कार्यक्रमका साथ मनाउँदै आएको छ, जसले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा टेवा पुर्याउँदै आएको छ।

प्रकाशित मिति: २०२४-०८-१९ , समय : ०९:४४:४८ , ८ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्