मकवानपुरमा भैँसीको आक्रमणबाट कसरी भयो बाघको मृत्यु

मिति: २०२४-०८-२२ , समय : २०:३४:०६ , Our Pradesh

Our Pradesh

मकवानपुरमा भैँसीको आक्रमणबाट बाघको मृत्यु

मकवानपुर, मनहरी–६ प्रताप पुरमा बिहीबार बिहान एउटा अनौठो घटना घट्यो जहाँ घरमा बाँधिएको भैँसीले आक्रमण गरी एक बाघलाई मारिदिएको छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जा पुन मगरका अनुसार बलबहादुर राईको गोठमा प्रवेश गरेको बाघ भैँसीले हानेर मरेको हो।

घटनाको खबर प्राप्त भएपछि निकुञ्जको टोलीले घटनास्थलमा पुगेर बाघलाई मृत अवस्थामा र भैँसीलाई घाइते अवस्थामा फेला पारेको थियो। घटनास्थलमा मृत बाघको शरीरमा भैँसीको गोबरसमेत देखिएको थियो।

पोष्टमार्टम गरेका वरिष्ठ भेटेरिनरी चिकित्सक डा. विजयकुमार श्रेष्ठका अनुसार, मरेको बाघ लामो समयदेखि भोको र घाइते थियो। शरीरको विभिन्न भागमा गहिरो चोटहरू थिए भने एक अगाडिको दाँत समेत भाँचिएको थियो।

 

यो घटना चितवन निकुञ्जबाट करिब ३ सय मिटर पर रहेको लोथर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङ्बोले जानकारी दिएका छन्। यसअघि पनि निकुञ्ज वरपरका क्षेत्रमा बाघको आक्रमणबाट मानव र पशुहरूको मृत्यु हुने घटना भएका छन्। गत आर्थिक वर्षमा मात्र बाघको आक्रमणबाट १४ जनाको मृत्यु भएको थियो भने हालसालै दुई वटा बाघ विष खुवाएर मारिएको थियो।

प्रकाशित मिति: २०२४-०८-२२ , समय : २०:३४:०६ , ८ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्