रङ्गेली अस्पतालको भिडियो एक्सरेमा चरम लापरवाही
मिति: २०२४-०९-०३ , समय : १०:२१:५७ , Our Pradesh
मिति: २०२४-०९-०३ , समय : १०:२१:५७ , Our Pradesh
Our Pradesh
रङ्गेली अस्पतालको भिडियो एक्सरेमा चरम लापरवाही
रङ्गेली, मोरङ— रङ्गेली अस्पतालमा भएको भिडियो एक्सरेको एक घटनाले चरम लापरवाहीको आशंका उत्पन्न गरेको छ। एक बिरामी, जसले पेट दुखाइको समस्या लिएर रङ्गेली अस्पतालको भिडियो एक्सरे गराएका थिए, उनको रिपोर्टमा कुनै पनि असामान्य कुरा देखिएको थिएन। तर, तीन दिनपछि विराटनगरको विराट नर्सिङ होममा गरिएको भिडियो एक्सरेमा १२.९ एमएमको पथरी बायाँ किड्नीमा देखिएको थियो।
<रङ्गेली हस्पिटलमा जचाउँदा पथरी नदेखाउँदैको रिपोर्ट”>बिरामी पुनः २०८१ साल भदौ ५ गते रङ्गेली अस्पतालमा जचाउँदा ६.७ एमएमको किड्नी स्टोन देखाइयो। रङ्गेली अस्पतालको उपचारमा आशंका उत्पन्न भएपछि, बिरामीले २२ अगस्ट अर्थात् भदौ ६ गते अर्को दिन भारतमा भिडियो एक्सरे गराउँदा १४ एमएमको किड्नी स्टोन देखापरेको थियो।
(विराट नर सिंह होममा जचाउँदा)
तीन महिना अघिदेखि पेट दुखाइको समस्या झेलिरहेका ती बिरामीले विभिन्न अस्पतालहरूमा गराएको भिडियो एक्सरे रिपोर्टमा फरक-फरक परिणाम देखिएको छ। सुरुमा रङ्गेली अस्पतालमा कुनै पथरी नदेखिएको, त्यसपछि विराट नर्सिङ होममा १२.९ एमएमको पथरी देखिनु, पुनः रङ्गेली अस्पतालमा ६.७ एमएमको साइज रिपोर्ट गरिनु र अन्ततः भारतमा १४ एमएमको किड्नी स्टोन पत्ता लाग्नुले रङ्गेली अस्पतालको भिडियो एक्सरे रिपोर्टमा शंका उत्पन्न गरेको छ।
(भदौ ५ गते रङ्गेली हस्पिटलमा)
मेडिकल विज्ञहरूले भने अनुसार, यदि किड्नी स्टोनको साइज ठूलो छ भने एक दिन वा पाँच दिनको अन्तरालमा साइजमा केही फरक नदेखिनु पर्ने हो। यसरी फरक-फरक साइजको रिपोर्ट देखिनुले रङ्गेली अस्पतालको भिडियो एक्सरे रिपोर्टमा लापरवाहीको गम्भीर आरोप लगाइएको छ।
(भदौ ६ गते को भिडियो एक्सरेको रिपोर्ट)
यो घटनाले रङ्गेली अस्पतालको विश्वसनीयता र बिरामीहरूको स्वास्थ्य सुरक्षामा गम्भीर प्रश्न उठाएको छ। सम्बन्धित निकायले यो घटनाको छानबिन गरेर दोषीलाई कडा कारबाही गर्नुपर्ने आवाज उठिरहेको छ।
प्रकाशित मिति: २०२४-०९-०३ , समय : १०:२१:५७ , ८ महिना अगाडि