बलात्कार गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

मिति: २०२३-०३-२९ , समय : १५:०२:०० , आवर प्रदेश

आवर प्रदेश

धनगढी । बालिकालाई बलात्कार गरेको आरोपमा भारतीय नागरिकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ । भारतको उत्तरप्रदेश जिल्ला रामपुर क्यामरी थाना घर भई धनगढी बस्दैआएका ५० वर्षीय रिजवान खानलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले ललाइफकाइ छ सात बर्षीया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि पक्राउ गरेको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताउनुभयो ।

उहाँका अनुसार धनगढी उपमहानगरपालिका –१३ मा डेरा गरी बस्दैआएका रिजवानले चैत १० गते दिउँसो बालिकालाई बलात्कार गरेको खुलेको उहाँले बताउनुभयो । बिस्कुटको प्रलोभन देखाएर उनले बालिकालाई आफ्नै डेरामा लगि करणी गरेको जनाइएको छ ।

पीडित पक्षको उजुरीपछि केही दिनअघि नै पक्राउ परेका रिजवानलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनीविरुद्ध म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो

प्रकाशित मिति: २०२३-०३-२९ , समय : १५:०२:०० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित