नेपाली कांग्रेसले आफ्नो सांसद उपत्यका नछाड्न आदेश दिएका छन्

मिति: २०२४-०९-११ , समय : २१:०५:०१ , Our Pradesh

Our Pradesh

सत्तारूढ दल नेपाली कांग्रेसले सांसदहरूलाई उपत्यका नछाड्न निर्देशन दिएको छ । प्रमुख सचेतक श्याम घिमिरेले सबै सांसदलाई एसएमएसमार्फत राजधानी नछाड्दा निर्देशन दिएका हुन् ।

 

काठमाडौंमा जुनसुकै बेला पनि सांसदहरूको उपस्थिति आवश्यक हुनसक्ने भएकाले राजधानी नछोड्न निर्देशन गरिएको छ ।

 

सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानामगरले नैतिकताका आधारमा राजीनामा नदिए कारबाहीको चेतावनी दिइसकेका छन् । असम्बन्धित व्यक्तिहरूलाई अमेरिका लैजान पदीय आधारमा अमेरिकी दूतावासलाई पत्र लेखेको र आर्थिक लाभ लिन खोजेको भनेर रास्वपा भित्रैबाट सार्वजनिक भएको थियो ।

संविधानको धारा ९१ को उपधारा ६ ले सभामुख र उपसभामुखको पद रिक्त हुने व्यवस्था गरेको छ । जसमा पद अनुकूल आचरण नगरेको प्रस्ताव दुईतिहाइ बहुमतबाट पारित भए पद रिक्त हुने व्यवस्था छ । नेकपा एमालेले यसअघि मंगलबार नै आफ्ना सांसदहरूलाई उपत्यका नछाड्न ‘ह्वीप’ जारी गरेको छ ।

प्रकाशित मिति: २०२४-०९-११ , समय : २१:०५:०१ , ७ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित