सुनबर्सी बरदंगा विद्यालय गम्भीर जिर्ण अवस्थामा, विद्यार्थीहरूको भविष्य जोखिममा
मिति: २०२४-०९-१६ , समय : १०:५२:३७ , Our Pradesh
मिति: २०२४-०९-१६ , समय : १०:५२:३७ , Our Pradesh
Our Pradesh
वरडंगा विद्यालय गम्भीर जिर्ण अवस्थामा, विद्यार्थीहरूको भविष्य जोखिममा
सुनबर्षी / सुनबर्षी नगरपालिकाको वडा नम्बर ७ मा रहेको श्री माध्यमिक विद्यालय बल्ढङ्गाको शैक्षिक र भौतिक स्थिति अत्यन्तै कमजोर देखिएको छ। विद्यालयमा अध्ययनरत २९७ विद्यार्थीहरूको भविष्य प्रत्यक्ष रूपमा जोखिममा परेको छ, किनकि विद्यालयको व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ।
विद्यालयका प्रध्यापक परण लाल ताजपुरिया पाँच दिनभन्दा बढी समयदेखि अनुपस्थित रहँदा पठनपाठनमा समस्या उत्पन्न भएको छ। केही कक्षामा २-३ जना मात्र विद्यार्थी उपस्थित हुन्छन् भने कतिपय कक्षामा शिक्षकहरू अनुपस्थित छन्, जसले शैक्षिक व्यवस्थापनप्रति गम्भीर प्रश्न खडा गरेको छ।
भौतिक अवस्थाका हिसाबले विद्यालयको कक्षा कोठाहरू जीर्ण छन्, शिक्षण सामग्रीको अभाव छ, शौचालय र खानेपानीको सुविधा अत्यन्तै कमजोर छ। विद्यार्थीहरूलाई मौखिक रूपमा मात्र पठनपाठन गराइँदा सिकाइमा प्रतिकूल प्रभाव परेको छ।
खेल मैदान, कम्प्युटर ल्याब, र विज्ञान प्रयोगशालाको अवस्थासमेत निकै कमजोर रहेको पाइएको छ। विद्यालयको यो दयनीय अवस्थामा सुधारको कुनै ठोस पहल देखिएको छैन, यद्यपि वडा अध्यक्ष संजय कुमार सिंह (गान्धी) र शिक्षा शाखा प्रमुख हरि कटेलले सुधारका लागि प्रयास भइरहेको बताएका छन्।
तर, विद्यालयको वास्तविकता भने भिन्न देखिन्छ। यदि शीघ्र सुधारका उपायहरू अवलम्बन नगरिए विद्यार्थीहरूको शैक्षिक भविष्य गम्भीर संकटमा पर्ने निश्चित छ।
प्रकाशित मिति: २०२४-०९-१६ , समय : १०:५२:३७ , ७ महिना अगाडि