मोहम्मद जयन्तीको अवसरमा समाजसेवी अभिषेक गिरीद्वारा मुस्लिम समुदायलाई सहयोग

मिति: २०२४-०९-१६ , समय : १६:४७:१३ , Our Pradesh

Our Pradesh

मोहम्मद जयन्तीको अवसरमा समाजसेवी अभिषेक गिरीद्वारा मुस्लिम समुदायलाई सहयोग

विराटनगर। कोशी सुधार अभियानका संयोजक तथा युवा नेता अभिषेक गिरीले मुस्लिम समुदायको प्रमुख पर्व ‘मोहम्मद जयन्ती’को अवसरमा पानी र बिस्कुट वितरण गर्दै धार्मिक सहिष्णुता र भाईचाराको सन्देश दिएका छन्। “सेवा नै धर्म हो” भन्ने नारासहित आयोजित कार्यक्रममा गिरीले धार्मिक एकता र सम्मानको महत्त्वलाई उजागर गरे।

गिरीले कार्यक्रममा बोल्दै भने, “मुस्लिम समुदायको पर्वमा हिन्दू धर्मावलम्बी भएर पनि सहानुभूति र एक्यबद्धता देखाउनु हाम्रो कर्तव्य हो। धर्महरूबीचको सम्मानले मात्र समाजमा साँचो भाईचारा कायम हुन्छ।” उनका अनुसार, यस प्रकारका क्रियाकलापहरूले समाजमा धार्मिक सहिष्णुता र आपसी सद्भावलाई बलियो बनाउन मद्दत गर्छ।

 

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मदिनको रूपमा मनाइने ‘मोहम्मद जयन्ती’ (इद मिलादुननबी) नेपाली मुस्लिम समुदायका लागि महत्त्वपूर्ण पर्व हो। यस अवसरमा मुस्लिम समुदायले मस्जिदहरूमा कुरान पाठ, उपदेश स्मरण, सामूहिक भोजन र र्‍याली आयोजना गर्दै आपसी शुभकामना आदान–प्रदान गर्छन्।

नेपाल सरकारले यस अवसरमा सार्वजनिक बिदा दिने परम्परा कायम गरेको छ, र विभिन्न संघसंस्थाहरूले सामाजिक सेवाका कार्यक्रमहरू गर्दै आएका छन्।

 

यस्ता गतिविधिहरूले धार्मिक विविधता भएका समाजमा एकता र भाईचारा सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने गिरीले बताए।

 

प्रकाशित मिति: २०२४-०९-१६ , समय : १६:४७:१३ , ७ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्