अनेरास्ववियु अध्यक्ष बडालद्वारा मेयर बालेनमाथि १ करोड ३० लाख घोटालाको आरोप
मिति: २०२४-०९-१८ , समय : ०७:४६:४८ , Our Pradesh
मिति: २०२४-०९-१८ , समय : ०७:४६:४८ , Our Pradesh
Our Pradesh
अनेरास्ववियु अध्यक्ष बडालद्वारा मेयर बालेनमाथि १ करोड ३० लाख घोटालाको आरोप
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष समिक बडालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहमाथि १ करोड ३० लाख रुपैयाँ घोटाला गरेको आरोप लगाएका छन्।
बडालले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर साहले “सिप मेला” को नाममा साइबर ग्रुपलाई १ करोड ३० लाख रुपैयाँ दिएको आरोप लगाएका हुन्। उनका अनुसार यो रकम महानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा समावेश नभएको र नगर सभाले स्वीकृति नदिएको बताए।
बडालले फेसबुकमा लेखेका छन्, ‘नगर सभाले स्वीकृत नगरीकन महानगरबासीको ट्याक्स मनीबाट सिप मेला भनेर १ करोड ३० लाख रुपैयाँ दुरुपयोग गर्नुभयो। सार्वजनिक खरिद ऐन छल्न तपाईँले रकमलाई १०/१० लाखको टुक्रामा बाँडी भुक्तानी गर्नुभयो।’
साथै, बडालले सिप मेलाबाट कति जनाले सिप सिकेर व्यवसाय थाले भन्ने प्रश्न गर्दै व्यवसायीहरुको नाम सार्वजनिक गर्न चुनौती दिए
का छन्।
प्रकाशित मिति: २०२४-०९-१८ , समय : ०७:४६:४८ , ७ महिना अगाडि