पश्चिम नवलपरासीमा मिनि ट्रकमा लुकाएर लैजादैँ गरेको १९ गाई गोरु नियन्त्रणमा, २ मृत फेला

मिति: २०२४-०९-२० , समय : २१:३९:२२ , Our Pradesh

Our Pradesh

पश्चिम नवलपरासीमा मिनि ट्रकमा लुकाएर लैजादैँ गरेको १९ गाई गोरु नियन्त्रणमा, २ मृत फेल

काठमाडौँ,पश्चिम नवलपरासीको सुनवलबाट मिनि ट्रकमा लुकाएर पूर्वतर्फ लैजादैँ गरेका १९ वटा गाई गोरुसहितको ट्रकलाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ। बागमती प्रदेशको बाप्रअ ०३००१ ख २२७० नं मिनि ट्रकमा १५ वटा जर्सी गाई र ४ वटा गोरु दाउन्नेबाट नियन्त्रणमा लिइएको हो। प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार, गाई गोरुलाई कष्टपूर्वक यातना दिँदै लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको हो।

 

प्रहरीले ट्रकमा दुई जना मजदुरलाई पक्राउ गरेको छ, जसले सुनवलको दशकट्ठाबाट चितवनको फार्मसम्म लैजाने कागजात देखाएका छन्। तर, प्रहरीले थप अनुसन्धान गरिरहेको छ। नियन्त्रणमा लिएका गाई गोरु मध्य एउटा गाई र एउटा गोरु ट्रकमै मृत फेला परेको छ।

 

यसअघि पनि गाई गोरुहरुलाई कष्टपूर्वक लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको थियो। प्रहरीको आशंका छ कि दाङ, कपिलवस्तु, रुपन्देही, र पश्चिम नवलपरासीबाट गाई गोरु पूर्वी नाकाबाट बंगलादेशसम्म तस्करी हुने गरेको छ।

प्रकाशित मिति: २०२४-०९-२० , समय : २१:३९:२२ , ७ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्