तिमी, म र हाम्रो तातो चिया

मलाई थाहा थियो, अब यो चियाको कप सेलाउन दिनु हुँदैन, नत्र फेरि एक कप चिया बनाउनुपर्ने हुन्छ। तर मेरो पत्रिका खोस्दै, उनी मुस्कान सहित सोधे, "अनि, पत्रिकामा यस्तो के छ त?

मिति: २०२४-०९-२१ , समय : २३:३४:४९ , राम कुमार शर्मा

राम कुमार शर्मा

बिहानको समय, घरको कौसी कुनामा रहेको आरामदायक कुर्सीमा बसेको थिएँ। अगाडी राखिएको टेवल थियो,र  त्यहाँ एक कप तातो चियासँगै आफ्नो पत्रिका थिएँ। अगाडिको टेबलमा राखिएको पत्रिका उठाएर पढ्न थालेँ, चियाको कप त्यहीं राखिएको थियो, तर ध्यान चाहिँ पत्रिकामै थियो।

 

एकछिन पछि चियाको मिठो बास्ना मसँगै घुल्दै आयो, तर अझै पनि मैले पत्रिकाबाट आँखा हटाइनँ। एक परिचित आवाजले चियाको याद दिलायो, “हैन, के त्यस्तो छाप्या छ त्यो पत्रिकामा? आफ्नो वरिपरि कसलाई देख्न पनि फुर्सद छैन! चिया सेलायो भने फेरि बनाउँदिन भनिदिए है!”

 मैले पत्रिका अलिकति तल झार्दै मुस्कान दिएँ, तर उनको ध्यान पत्रिकामा भन्दा पनि चियामा थियो

अनि त्यो आवाजसँगै उनी मेरो छेउमा आएर बसे। मैले पत्रिका अलिकति तल झार्दै मुस्कान दिएँ, तर उनको ध्यान पत्रिकामा भन्दा पनि चियामा थियो। मलाई थाहा थियो, अब यो चियाको कप सेलाउन दिनु हुँदैन, नत्र फेरि एक कप चिया बनाउनुपर्ने हुन्छ। तर मेरो पत्रिका खोस्दै, उनी मुस्कान सहित सोधे, “अनि, पत्रिकामा यस्तो के छ त?”

 

चियाको चुस्की लिँदै, मैले हाँस्दै भनें, “पत्रिकामा लेखिएको छ, कसरी आफूलाई आफैँ भन्दा धेरै माया गर्ने मान्छेलाई आफ्नै छेउमा बसाउने।”

ए हो र? त्यसो भए त मलाई नै लेखिएको रहेछ! म त जहिल्यै तिमीलाई छेउमै बस्न चाहन्छु नि।”

उनी अलिकति अचम्म मान्दै, हँसिलो लवजमा भने, “ए हो र? त्यसो भए त मलाई नै लेखिएको रहेछ! म त जहिल्यै तिमीलाई छेउमै बस्न चाहन्छु नि।”

 

एकछिनको मौनता पछि, हामीले एकअर्कालाई हेरेर मुस्कुरायो। कुनै शब्दको जरुरत थिएन, त्यो पलले हाम्रो सम्पर्कलाई गहिरो बनायो। चियाको तातोपन र बाहिरको प्राकृतिक आवाजले हामीलाई एकअर्कामा तानिरह्यो। यो पल जीवनका साना खुसीहरूको महत्व सम्झाउने, कहिल्यै बिर्सन नसक्ने क्षण बन्यो।


राम कुमार शर्मा एक नयाँ पुस्ताका लेखक हुन्, जो आफ्नो लेखन कला निरन्तरताको लागि उपयुक्त विषय खोज्दैछन्। उनी सरल शैलीमा लेख्दै पाठकहरूको माया र समर्थनको आशा राखिरहेका छन्।

प्रकाशित मिति: २०२४-०९-२१ , समय : २३:३४:४९ , ६ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्