मोरङ्ग जिल्लामा अवैध पटाका बरामद गरी नष्ट गरियो
मिति: २०२४-०९-२३ , समय : ०८:५०:२९ , Our Pradesh
मिति: २०२४-०९-२३ , समय : ०८:५०:२९ , Our Pradesh
Our Pradesh
मोरङ्ग (रङ्गेली) – शनिवार विहान ७:०० बजे मोरङ्ग जिल्लाको रंगेली नगरपालिकास्थित आमगाछी सीमा क्षेत्रबाट अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेका अन्दाजी मूल्य रु. ३९१,५००।-(तीन लाख ९१ हजार पाँच सय)बराबरका पटाकाहरू बरामद गरिएको छ।
सीमा सुरक्षा बल, स.प्र.बल, नेपाल प्र.सी.सु.गुल्म सोरभागबाट खटिएको मोटरसाइकल गस्ती टोलीले भारत बाट पटाका बोकी नेपालतर्फ आउँदै गरेका तीन जना व्यक्तिहरूलाई देखेपछि उनीहरू पटाका छाडी फरार भएका थिए। टोलीको नेतृत्व मा स.प्र.ना.उ. विश्वनाथ जि.सी.ले गरेका थिए, र टोलीमा जम्मा ४ जना स.प्र.बलका जवानहरू खटिएको थियो।
बरामद गरिएका पटाकाहरू मिति २०८१/०६/०६ गते बिहान ११:३० बजे स.प्र.सी.सु.गुल्म सोरभागको परिसरमा खाडल खनी पानी हाली स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, र पत्रकारहरूको रोहबरमा नष्ट गरिएको छ।
प्रकाशित मिति: २०२४-०९-२३ , समय : ०८:५०:२९ , ७ महिना अगाडि