रंगेलीमा चट्याङ लाग्दा एक महिलाको मृत्यु, एक घाइते

मिति: २०२४-०९-२४ , समय : १६:०४:०६ , पारस मण्डल

पारस मण्डल

रंगेलीमा चट्याङ लाग्दा एक महिलाको मृत्यु, एक घाइत

मिति २०८१ साल असोज ८ गते, अन्दाजी १२:३० बजे, मोरङ जिल्लाको रंगेली नगरपालिका वडा नं. ९ धनजुवा निवासी लुखीराम हेमरमकी श्रीमती ४५ वर्षीया साक्रो हेमरमको चट्याङ लागेर मृत्यु भएको छ। घटना त्यतिबेला भएको हो जब साक्रो हेमरम आफ्नै घरदेखि करिब २ किमी पश्चिमतर्फ रहेको धान खेतमा घाँस काट्दै थिइन्।

त्यसै क्रममा सोही स्थानमा घाँस काट्दै गरेकी २२ वर्षीया विनिता हेमरम, जो राम हेमरमकी छोरी हुन्, पनि चट्याङको करेन्ट लाग्दा कानबाट रगत निस्किएको छ। उनलाई सामान्य चोटपटक लागेको छ।

 

दोहमनामा रहेको इलाका प्रहरी कार्यालयले करिब १३:०० बजे खबर प्राप्त गरेपछि तुरुन्तै प्रहरी टोलीलाई घटनास्थलतर्फ पठाएको थियो। घाइतेलाई तत्कालै रंगेली अस्पतालमा उपचारको लागि पठाइएको छ भने घटनास्थललाई सुरक्षित राखी थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षक सहितको SOCO टोली घटनास्थलतर्फ परिचालित भएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय रंगेलीबाट करिब १० किमि उत्तरपूर्वमा पर्दछ।

प्रकाशित मिति: २०२४-०९-२४ , समय : १६:०४:०६ , ७ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्