कोशी ब्यारेज मा बस खस्यो, १७ जनाको उद्धार, सवार यात्रु सङ्ख्या अन्योलमा

बिहीवार  विराटनगर बाट यात्रु बोकेर गाईघाट जाँदै गरेको को १ ख ४६०१ नं को बस बेलुका ०६:०५ बजे कोशी ब्यारेज पुलको ढोका नं ३४ नजिकै  दुर्घना  भएको हो।

मिति: २०२४-०९-२६ , समय : २१:३३:३७ , राम कुमार शर्मा

राम कुमार शर्मा

रङ्गेली (मोरङ्ग) -बिहीवार  विराटनगर बाट यात्रु बोकेर गाईघाट जाँदै गरेको को १ ख ४६०१ नं को नरसिंह डिलक्स बस बेलुका ०६:०५ बजे कोशी ब्यारेज पुलको ढोका नं ३४ नजिकै  दुर्घना  भएको हो।

ब्यारेजको ढोकामा अत्याधिक पानी नभएको हुनाले बस दुर्घटना हुन लगत्तै स्थानीय र प्रहरीको सक्रियतामा बसको सिसा फुटाएर यात्रुहरूलाई सकुशल उद्धार गरिएको छ। जसमा १८ महिनाको बच्चा देखी ५० वर्ष माथिका वृद्घ समेत थिए । घाइतेहरूलाई तत्काल सुनसरीका विभिन्न अस्पतालहरूमा उपचारको लागि पठाइएको छ।

दुर्घटनाबाट १७ जना यात्रुहरूलाई सकुशल उद्धार छ । तर बसमा कतिजना सवार थिए भन्ने कुरा अझैसम्म खुल्न सकेको छैन।

प्रकाशित मिति: २०२४-०९-२६ , समय : २१:३३:३७ , ७ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित