रतुवा खोलामा एक रतुवामाई नगरपालिका कि वृद्ध महिला बेपत्ता

मिति: २०२४-०९-२७ , समय : १९:१६:१९ , Our Pradesh

Our Pradesh

रतुवा खोलाले बगाउँदा वृद्धा बेपत्ता

 

मोरङ, रतुवामाई — मोरङको रतुवामाईमा रतुवा खोलाले बगाउँदा एक वृद्धा बेपत्ता भएकी छन्। इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक होम प्रसाद अधिकारीका अनुसार आज दिउँसो वृद्धा डुरोदेवी राजवंशीलाई खोलाले बगाएको सूचना प्राप्त भएको हो।

रतुवामाई-७, सिजुवा निवासी ७२ वर्षीया राजवंशीलाई खोलाले बगाएको भनेर लिखित निवेदन प्राप्त भएको अधिकारीले जानकारी दिए।

 

‘स्थानीयले खोलाले बगाएको भन्ने खबर गरेका छन्,’ अधिकारीले भने, ‘खोलाले नै बगाएको हो कि होइन भन्ने यकिन भइसकेको छैन, तर खोजी कार्य जारी छ।’

 

प्रहरीले जानकारी दिएको अनुसार मानसिक सन्तुलन ठिक नभएकी राजवंशी यसअघि पनि घरबाट निस्किएर हिँड्ने गरेको पाइएको छ। उनी असोज ९ गतेदेखि घरबाट हराएकी थिइन्, र हाल उनको खोजी कार्य तीव्र पारिएको छ।

 

प्रकाशित मिति: २०२४-०९-२७ , समय : १९:१६:१९ , ७ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित