अखिल क्रान्तिकारीको सचिव पदमा विराटनगरका यादवको दाबी

मिति: २०२४-०९-२८ , समय : १७:५८:१९ , Our Pradesh

Our Pradesh

विराटनगर । नेकपा माओवादीको भातृ संगठन अखिल नेपाल राष्ट्रिय विद्यार्थी संगठनको २३ औं राष्ट्रिय सम्मेलनमा विराटनगरका विद्यार्थी नेता अभिमन्यु यादवले केन्द्रीय सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । भदौ १० गतेबाट सुरु भएको राष्ट्रिय सम्मेलनमा मधेशी तर्फको सचिव पदमा उम्मेदावरी दिने तयारी गरेको उनले बताए ।

“भ्रष्टाचारको अन्त्य र सुसासन सुनिस्चितताको लागि हाम्रो आन्दोलन, रोजगार, उत्पादन र समाजवादी विद्यार्थीको पक्षमा २३ औं राष्ट्रिय सम्मेलन” भन्ने नाराका साथ सुरु भएको राष्ट्रिय सम्मेलनमा सहमतिबाट नेतृत्व चयन गर्ने प्रयत्न भइरहेको छ । सहमति हुन नसके मतदानबाट नयाँ नेतृत्व निर्वाचित गर्ने तयारी रहेकोले यादवले समावेशी सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।

विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा लामो समय विद्यार्थीहरुको नेतृत्व गरेका यादव विद्यार्थीबिच लोकप्रिय छन् । नोबेल मेडिकल कलेजमा विद्यार्थीहरुसँग अतिरिक्त शुल्क असुल गरेको विषयमा भएको आन्दोलनको यादवले कुशल नेतृत्व गरेका थिए । त्यसबाहेक विद्यार्थीहरुको पक्षमा भएका विभिन्न आन्दोलनमा प्रभावकारी र सफल नेतृत्व गर्दै आइरहेका यादव अखिल क्रान्तिकारीको केन्द्रीय पदाधिकारीको भूमिकासहित थप सक्रिय हुने प्रयत्नमा छन् । उनले संगठनलाई कुनै पनि गुट तथा समूहको नभई विद्यार्थीको हक, हित र अधिकारका लागि संघर्ष गर्ने जुझारु र साझा संगठनको रुपमा अगाडि बढाउन आफ्नो भूमिका हुने बताएका छन् ।

राष्ट्रिय सम्मेलनबाट दुरदर्शी र सक्षम नेतृत्व निर्वाचित हुने विश्वास व्यक्त गरेका छन् । उनले विद्यार्थी संगठनमा उमेर हद लागू हुनुपर्ने, विद्यार्थी संगठनलाई देशको शैक्षिक समस्या पहिचान गरी समाधानका लागि प्रयत्न गर्न सक्षम बनाउन आफूले उम्मेदवारी दिन लागेको बताए ।

को हुन अभिमन्यु यादव ?

वि.सं २०५० साल चैत्र २५ गते सिरहाको साविक खरुकियाही गाबिस वडा नम्बर-६ (हाल लक्ष्मीपुर पतारी गा.पा.-५) मा जन्मेका अभिमन्यु यादव बिधार्थी काल देखि नै राजनीतिमा सक्रीय रहेका छन् । माता राम कुमारी यादव र पिता सगुन लाल यादवको चौथों सन्तान हुन । महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पस बिराटनगरबाट म्याक्रोब्यालोजीमा  स्नातकोत्तर गरेका यादव यसै क्याम्पसमा बिभिन्न पदमा रहि बिधार्थी राजनिती गर्दै आईरहेको छ ।

 

यादब क्याम्पसका बिद्यार्थि रहँदा बिद्यार्थिहरुको असल नेताको रुपमा आफ्नो छबि बनाउन सफल भएका थिए । आफु क्याम्पस पढदा देखि नै सो क्याम्पसमा पढने र बिराटनगरमा अन्य कुनै क्याम्पस कलेज पढने बिद्यार्थीहरुको समस्या समाधान गर्ने गरेको यादवले सुनाए ।

 

अभिमन्यु यादवको राजनिती यात्रा ।

 

बि.सं. २०५२ साल देखि नेपालमा माओवादीको जन युद्ध सुरु भए संगै यादवका पिता सगुन लाल यादवले जन युद्धमा सक्रिय भएको थियो । उनी आफ्नो पिताबाट प्रभावित भई कक्षा १० पढदा देखि नै कम्युनिष्ट राजनितीमा सक्रिय भएका हुन् ।

 

उनी महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पस बिराटनगरमा स्नातक पढाईका संग संगै राजनितीमा पुर्ण रुपले सक्रिय भयो । बि.सं. २०६८ सालमा महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसका अनेरास्ववियू क्रान्तीकारीका एकाई सदस्य, बि.सं. २०६९ सालमा सोही क्याम्पसमा अनेरास्ववियू क्रान्तीकारीका एकाई सचिव, बि.सं. २०७० सालमा स्ववियु सदस्य र बि.सं. २०७० सालमा क्याम्पसका अनेरास्ववियू क्रान्तीकारीका एकाईका अध्यक्ष भई काम गरी सकेका छन् ।

 

त्यसैगरी बि.सं. २०७३ सालमा क्याम्पसका स्ववियु सचिव पदका लागि र बि.सं. २०७५ सालमा क्याम्पसका स्ववियु अध्यक्ष पदका लागि उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति: २०२४-०९-२८ , समय : १७:५८:१९ , ६ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित