शान्तिचोकमा आगलागी, १५ लाख बराबरको क्षति

मोरङको रंगेली नगरपालिका वडा नम्बर ९ स्थित शान्तिचोकमा आइतबार बेलुकी आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

मिति: २०२४-०९-३० , समय : २०:५७:३६ , Our Pradesh

Our Pradesh

 

मोरङ, असोज १४ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ९ स्थित शान्तिचोकमा आइतबार बेलुकी आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

जले पछि अवशेष बाँकी रहेको मुकुन्द प्रशाद कोइरालाको घर

मुकुन्द प्रसाद कोइरालाको अढाइ तले काठको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा घरमा रहेको नगद ५० हजार रुपैयाँ, सुन, चाँदी, लत्ताकपडा, खाद्यान्न लगायतका सामग्री पूर्ण रूपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिए।

आगो नियन्त्रणका लागि रंगेली नगरपालिका र कानेपोखरीको दमकलसहित नेपाल प्रहरी, स्थानीय बासिन्दाहरूको सक्रियता देखियो। राति १० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।

प्रहरीका अनुसार आगलागीबाट पचास हजार नगद, अढाई तोला सुन (जसको अनुमानित मूल्य २ लाख ४० हजार), पाँच तोला चाँदी (९ हजार ७२५ रुपैयाँ), साथै अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात र घरको अन्य सामग्री जलेर नष्ट हुँदा करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

प्रकाशित मिति: २०२४-०९-३० , समय : २०:५७:३६ , ७ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्