२६ महिनाकी सानी बच्चीलाई चितुवाले खायो ।

मिति: २०२४-१०-०३ , समय : ११:२२:४३ , Our Pradesh

Our Pradesh

बाँकेमा २६ महिनाकी सानी बच्चीलाई चितुवाले खायो ।

बाँकेको खजुरामा २६ महिनाकी सानी बच्चीलाई चितुवाले खाएको छ। उनका बुवा मलेसियामा थिए। यहि गएको असोज २ गते आफू घर फर्किन लागेको खबर श्रीमती र छोरीलाई दिएका थिए। वीरेन्द्रले त्यस दिन श्रीमती सीतालाई सानी छोरी लक्ष्मीलाई लिएर नेपालगञ्जस्थित राँझा एयरपोर्टमा आउन भनेका थिए। ‘ममीसँग एयरपोर्टमा आउनु है छोरी!’ भन्दा तोते बोल्दै लक्ष्मीले पनि हुन्छ बाबा भनेकी थिइन्। छोरीको हँसिलो अनुहार देख्दा बुवा वीरेन्द्र पुनलाई बेग्लै खुसी मिलेको थियो। तर त्यो खुसि धेरै दिन टिकेन। वीरेन्द्र आर्थिक अभावका कारण श्रीमती सीता तीन महिनाको गर्भिणी हुँदा मलेसिया गएका थिए। तर छोरीसंग टाढाबाट बोले पनि भेटेर छोरीलाई सुम्सुम्याउँन समेत पाएका थिएनन्। बुवा विरेन्द्र भन्छन्,‘छोरीसँग भेट्ने ऊसँगै खेल्ने मनमा कत्रो अभिलासा थियो तर असोज २ गते त्यस्तै दिउँसो १२ बजेतिर घर आइपुगेको थिएँ होला।

 

चितुवाले घरबाट केही टाढाको दूरीमा लगेर छोरीको टाउको र एउटा खुट्टा मात्रै बाँकी राखेछ। गाउँलेहरूलाई मलाई देखाउन खोज। मैले हेर्न पनि सकिँन। रूँदै फर्किएँ,’ उनले भने। छोरी लिएर पत्नी सीतालाई विमानस्थलमा आउन भनिसकेकाले उनी ढुक्क थिए। छोरीसँग भेट हुने भयो भनेर उनले अनेक तर्कना गर्दै थिए। ‘सामाजिक सञ्जालमा देखे, हेरे र कुरा गरे पनि मैले मेरो छोरीलाई सुमसुम्याउनसम्म पाएको थिइनँ। म कस्तो अभागी बाबु रहेछु भनेर मन पिरोलिइरहन्छ, छातीमा भक्कानो फुटिरहन्छ,’ उनले भने। उनले भिडियोकालमा कुरा गर्दा मनपर्ने खानेकुराहरू माग्थी, चकलेट, गुडिया, नयाँ फ्रक मागेकी थिई र मैले पनि उसले भनेका लुगाफाटो, खेलौना किनेर प्याकिङ गरिसकेको थिएँ।’वीरेन्द्रले छोरी लक्ष्मीलाई भनेर ल्याएका खेलौंना, लत्ताकपडा, चकलेटलगायत सामग्री सबै गाउँ घर र आफन्तका बच्चाबच्चीलाई बाँडिदिए।

प्रकाशित मिति: २०२४-१०-०३ , समय : ११:२२:४३ , ६ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित