विराटनगरमा जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मिति: २०२४-१०-२१ , समय : २०:५५:२० , Our Pradesh

Our Pradesh

विराटनगरमा जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

कार्तिक ५, विराटनगर, मोरङ – नेपाल युनाइट्सको आयोजनामा १ दिने निःशुल्क स्वास्थ्य शिविर विराटेश्वर वृद्धाश्रम सेवा समिति, अशोक चोक, विराटनगरमा सम्पन्न भएको छ। शिविरको आयोजनासँगै जेष्ठ नागरिकहरूलाई स्वास्थ्य जाँच, सुगर र ब्लड प्रेसर मापन लगायतका सेवा उपलब्ध गराइयो।

आयोजक संस्थाका कार्यवाहक अध्यक्ष कंचन कुमारी शाहले नेपाल युनाइट्सको सामुदायिक संलग्नता कार्यक्रम अन्तर्गत यो स्वास्थ्य शिविरको आयोजना गरिएको जानकारी दिए। विराटेश्वर वृद्धाश्रम सेवा समितिकी कोषाध्यक्ष उमा रेग्मीले आयोजक संस्थालाई धन्यवाद दिँदै, यस्ता शिविरहरूबाट वृद्ध नागरिकहरूलाई ठूलो लाभ भएको बताउँदै, आगामी दिनमा पनि यस्तै शिविरहरूको निरन्तरता दिन आग्रह गरिन्।

स्वास्थ्य शिविरमा डा. अञ्जली मण्डल, डा. शुभक कुमार अग्रवाल, र स्वास्थ्यकर्मी राकेश कुमार मण्डलले वृद्धाश्रममा रहेका २५ पुरुष र ३३ महिला गरी ५८ जना जेष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरेका थिए।

यो शिविरले सामान्य चिकित्सक, दाँत तथा गिजा रोग, ब्लड प्रेसर र सुगर जाँचजस्ता सेवाहरू निःशुल्क प्रदान गरेको थियो।

 

प्रकाशित मिति: २०२४-१०-२१ , समय : २०:५५:२० , ६ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्