विराटनगर/मोरङ – २१ वर्षीया कृष्टि राजवंशी छोरीसहित बेपत्ता, श्रीमानले सहयोगको अपिल गर्दै ५० हजार रुपैयाँ पुरस्कार घोषणा
मिति: २०२४-१०-२२ , समय : २२:१२:१९ , Our Pradesh
मिति: २०२४-१०-२२ , समय : २२:१२:१९ , Our Pradesh
Our Pradesh
विराटनगर/मोरङ – २१ वर्षीया कृष्टि राजवंशी छोरीसहित बेपत्ता, श्रीमानले सहयोगको अपिल गर्दै ५० हजार रुपैयाँ पुरस्कार घोषणा
सुनवर्षी नगरपालिका वडा नम्बर ४, काशीजानकीकी २१ वर्षीया कृष्टि राजवंशी आफ्नी ४ वर्षीया छोरी नायरा दाससहित असोज २१ गतेदेखि बेपत्ता भएकी छन्। असोज १९ गते ठुलो बुबाको निधनपछि उनी बेलबारी–८ स्थित माइती गएकी थिइन्। असोज २१ गते घर फर्किने क्रममा उनी सम्पर्कविहीन भएकी हुन्।
उनका श्रीमान अमित कुमार दास, जो कतारमा वैदेशिक रोजगारमा रहेका थिए, आपतकालीन टिकट काटेर अक्टोबर १० मा नेपाल फर्केका छन्। रंगेली इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गरी खोजी कार्य भइरहेको छ। कृष्टिको मोबाइलको अन्तिम लोकेसन हरिनगरामा देखिए पनि खोजीमा सफलता मिलेको छैन।
अमितले पत्रकार सम्मेलन गर्दै जो कोहीले उनकी श्रीमती र छोरीलाई पत्ता लगाउँछ, उसलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्। कृष्टिका आफन्तहरूले उनको स्मरण शक्ति कमजोर भएको र कहिलेकाहीँ बिर्सने समस्या भएको बताएका छन्।
कृष्टि काशीजानकीस्थित श्री काली माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्। अमितले घरमा कुनै विवाद नभएको र नियमित सम्पर्कमा रहेका कारण बेपत्ता हुनुको कारण बुझ्न नसकेको बताए
का छन्।
प्रकाशित मिति: २०२४-१०-२२ , समय : २२:१२:१९ , ६ महिना अगाडि