डीएसपी वेदप्रकाश जोशी मोरङ प्रहरी प्रवक्तामा नियुक्त
मोरङ प्रहरी प्रवक्ताको जिम्मेवारी डीएसपी (प्रहरी नायव उपरीक्षक) वेदप्रकाश जोशीलाई दिइएको छ।
मिति: २०२४-१०-२६ , समय : ०८:५१:३० , Our Pradesh
मिति: २०२४-१०-२६ , समय : ०८:५१:३० , Our Pradesh
Our Pradesh
मोरङ,– मोरङ प्रहरी प्रवक्ताको जिम्मेवारी डीएसपी (प्रहरी नायव उपरीक्षक) वेदप्रकाश जोशीलाई दिइएको छ। यसअघि मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेत थिए, तर कात्तिक ५ गते उनलाई प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा काज सरुवा गरिएपछि यो जिम्मेवारी डीएसपी जोशीले सम्हाल्ने भएका छन्।
बस्नेतको स्थानमा प्रहरी प्रधान कार्यालयले राष्ट्रिय सुरक्षा परिषद् काठमाडौंमा कार्यरत डीएसपी मदन केसीलाई मोरङ पठाउने निर्णय गरे तापनि उनी हालसम्म मोरङमा हाजिर भएका छैनन्। यस स्थितिमा मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले डीएसपी जोशीलाई प्रवक्ताको जिम्मेवारी तोकेका हुन्।
प्रवक्ताको रुपमा डीएसपी जोशीले मोरङ प्रहरीले सञ्चालन गर्ने सबै आधिकारिक सूचना सार्वजनिक गर्नेछन्। भारतसँग खुला सीमा रहेको मोरङ जिल्लामा शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रहरु चुनौतीपूर्ण मानिन्छन्। साथै, कोशी प्रदेशको राजधानी विराटनगर मोरङमै रहेको र भीआईपी आगमन अत्यधिक हुने भएकाले सुरक्षा चुनौती थप पेचिलो बनेको छ।
प्रकाशित मिति: २०२४-१०-२६ , समय : ०८:५१:३० , ६ महिना अगाडि