रंगेली: उपमेयर भूमा पराजुलीका श्रीमानको निधन

मिति: २०२४-१०-२७ , समय : ०७:३६:५३ , Our Pradesh

Our Pradesh

रंगेली: उपमेयर भूमा पराजुलीका श्रीमानको निधन

रंगेली नगरपालिकाकी उपमेयर भूमा पराजुलीका श्रीमान्, ६२ वर्षीय गाणेश प्रसाद निरौलाको शनिबार बिहान निधन भएको छ। तीन महिनादेखि जन्डिसबाट पीडित निरौलाको दिल्लीस्थित म्याक्स अस्पतालमा उपचार भइरहेको थियो। कलेजो प्रत्यारोपणको तयारीमा रहेकी पराजुलीले सोमबार कलेजो दान गर्ने योजना बनाएकी थिइन्, तर सिकिस्त अवस्थाका कारण उनलाई भेन्टिलेटरमा राख्नुपरेको थियो। शनिबार बिहान स्वास्थ्य अवस्था नाजुक बनेपछि निधन भएको जनाइएको छ। शवलाई अन्तिम संस्कारका लागि रंगेली ल्याइँदैछ

 

प्रकाशित मिति: २०२४-१०-२७ , समय : ०७:३६:५३ , ६ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित