सहकारी ऋण विवादमा सभापति पोखरेल दम्पतीको संलग्नता, कालोसूचीमा कारवाही

ऋषिकेश पोखरेलद्वारा सहकारी कारोबारमा उन्मुक्ति प्रयास, श्रीमती अञ्जलाको सहकार्यमा लघुवित्तबाट करोडौंको ऋण

मिति: २०२४-१०-२९ , समय : ०८:५४:३२ , Our Pradesh

Our Pradesh

ऋषिकेश पोखरेलद्वारा सहकारी कारोबारमा उन्मुक्ति प्रयास, श्रीमती अञ्जलाको सहकार्यमा लघुवित्तबाट करोडौंको ऋण

विराटनगर — सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले श्रीमती अञ्जला कोइरालामार्फत सहकारी कारोबारमा आफूलाई जिम्मेवारीबाट उन्मुक्त गर्न खोजेको आरोप लागेको छ। मोरङमा सञ्चालित उमागौरी कृषि सहकारीले ऋणीहरूको लालपुर्जा धितो राखेर रूपन्देहीको आरएसडीसी लघुवित्तबाट ४ करोड २५ लाख ऋण लिएको थियो।

 

०७७ पुस २९ मा आयोजित सहकारीको सञ्चालक समिति बैठकमा अञ्जलाको उपस्थितिमा थप ३ करोड ऋण लिने निर्णय भएको थियो। १३ महिनापछि ०७८ माघ ५ मा अञ्जलाले सहकारीको सञ्चालक पदबाट राजीनामा दिइन्, तर सहकारीले लिएको ऋण तिर्न बाँकी रहेको हुँदा लघुवित्तले अञ्जलासहित सम्पूर्ण सञ्चालक समिति सदस्यहरूलाई कालोसूचीमा राखेर सूचना जारी गरेको छ।

यो विषयमा ऋषिकेश पोखरेलले भने आफू र श्रीमतीलाई अनावश्यक रूपमा विवादमा तानिएको दाबी गरेका छन्। तर उच्च अदालत विराटनगरमा उपलब्ध कागजातअनुसार, सहकारीले ०७७ पुस २९ मा थप ३ करोड ऋण लिने निर्णयको ‘माइन्युट’मा कोइरालाको हस्ताक्षर पाइएको छ।

उक्त ऋण रकम नबिल बैंकको विराटनगर शाखामा सहकारीको खातामा जम्मा गर्न आग्रह गरिएको थियो। ऋणका लागि निर्णय भएको तीन बैठकमा अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष दिलमाया राई, कोषाध्यक्ष शम्भुप्रसाद सिंह, सचिव आलम अन्सारी मियाँ, र सञ्चालकहरू अञ्जला कोइराला, आमोद मण्डल र रोशन राजवंशी पनि उपस्थित थिए।

प्रकाशित मिति: २०२४-१०-२९ , समय : ०८:५४:३२ , ६ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित