सूर्य उपासनाको पावन पर्व छठ आजदेखि प्रारम्भ, पहिलो दिन नहाय खाय विधिद्वारा सुरु

मिति: २०२४-११-०५ , समय : ०८:१८:०५ , Our Pradesh

Our Pradesh

सूर्य उपासनाको पावन पर्व छठ आजदेखि प्रारम्भ, पहिलो दिन नहाय खाय विधिद्वारा सुरु

सूर्यदेवको उपासना गर्दै चार दिनसम्म मनाइने छठ पर्व आजदेखि विधिवत रूपमा सुरु भएको छ। मंगलबारको पहिलो दिनलाई “नहाय खाय” का रूपमा मनाइन्छ, जसमा ब्रतालुले स्नान गरी अरबा-अरबाइन भोजन ग्रहण गर्ने परम्परा रहेको छ।

 

बुधबार दोस्रो दिन “खरना” मा चामल, सक्खर, र दूधबाट तयार गरिएको खीर प्रसादस्वरूप ग्रहण गर्दै विधि सम्पन्न गर्ने चलन छ।

 

पर्वको तेस्रो दिन, बिहीबार, छठको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई जलासय किनारमा अर्घ्य दिने परम्परा रहे

को छ।

 

प्रकाशित मिति: २०२४-११-०५ , समय : ०८:१८:०५ , ६ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित