मोरङको उमागौरी कृषि सहकारीद्वारा सर्वसाधारणको १२ करोड रुपैयाँ हिनामिना

मोरङको धनपालथान गाउँपालिका-४ स्थित उमागौरी कृषि सहकारी संस्थामा सर्वसाधारणको १२ करोड रुपैयाँ हिनामिना भएको पुष्टि भएको छ। १८ करोड ५१ लाख पुँजी रहेको यो सहकारीले ऋणी सदस्यहरूको सम्पत्ति बैंकमा धितो राखेर सहकारीको नाममा ऋण निकालेको पाइएको छ। यस ठगी प्रकरणमा संघीय संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल र उनकी पत्नी अञ्जला कोइरालाको संलग्नता रहेको आरोप छ।

मिति: २०२४-११-०६ , समय : २२:२६:४६ , Our Pradesh

Our Pradesh

रंगेली,मोरङ — मोरङको धनपालथान गाउँपालिका-४ स्थित उमागौरी कृषि सहकारी संस्थामा सर्वसाधारणको १२ करोड रुपैयाँ हिनामिना भएको पुष्टि भएको छ। १८ करोड ५१ लाख पुँजी रहेको यो सहकारीले ऋणी सदस्यहरूको सम्पत्ति बैंकमा धितो राखेर सहकारीको नाममा ऋण निकालेको पाइएको छ। यस ठगी प्रकरणमा संघीय संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल र उनकी पत्नी अञ्जला कोइरालाको संलग्नता रहेको आरोप छ।

सहकारी अध्यक्ष शम्भुप्रसाद रौनियारले सहकारीको नाममा ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिँदा सदस्यहरूको जग्गा बैंकमा धितो राखेको देखिएको छ। यसबाट पीडित बनेका ऋणीहरूले सहकारीलाई आफ्नो ऋण तिरेको भए पनि बैंकमा धितोमा रहेको सम्पत्तिको कारण दोहोरो मर्कामा परेको गुनासो गरिरहेका छन्। नारायण खनाल र सेराज अन्सारीजस्ता ऋणीहरूले सहकारीमा किस्ता तिर्दा पनि बैंकले सम्पत्ति धितोका आधारमा ठूला ऋणको दाबी गर्दै बारम्बार फोन गरेर तनाव दिएको बताएका छन्।

अध्यक्ष रौनियारले समस्या समाधानको प्रयास भइरहेको दाबी गर्दै सहकारीको अवस्था बाहिर चर्चामा आएजस्तो नरहेको बताए। तर, सहकारी रजिस्ट्रार कार्यालयको अनुसार, सहकारीका ऋणीहरूले सहकारीमा ऋण तिर्ने गरेका तर बैंकमा रकम नबुझाइ दिने प्रवृत्तिका कारण सदस्यहरू दोहोरो ऋणी भएको पाइएको छ।

सहकारीको प्रारम्भिक दस्तावेजहरू हराएको कारण २०६८ मा स्थापना भएको यो सहकारीको व्यवस्थापनमा गम्भीर कमजोरी रहेको छ। रजिष्ट्रार कार्यालयमा तदर्थ समितिको दस्तावेज मात्र रहेकाले २०७८ सालअघिका सञ्चालक समितिको अभिलेख नै उपलब्ध छैन।

यो प्रकरणले राजनीतिक पहुँचको दुरुपयोग गर्दै सर्वसाधारणले संकलन गरेको रकम हिनामिना गर्ने प्रयास प्रस्ट्याएको छ।

प्रकाशित मिति: २०२४-११-०६ , समय : २२:२६:४६ , ५ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित