पूर्व रक्षामन्त्री मिनेन्द्र रिजालले गरे रङ्गेलीको प्रसिद्घ संसारी मन्दिरमा पूजापाठ तथा निरीक्षण

मिति: २०२४-११-०९ , समय : १२:५८:२८ , पारस मण्डल

पारस मण्डल

पूर्व रक्षामन्त्री मिनेन्द्र रिजालले गरे रङ्गेलीको प्रसिद्घ संसारी मन्दिरमा पूजापाठ तथा निरीक्षण

रङ्गेली, मोरङ – पूर्व रक्षामन्त्री तथा सांसद मिनेन्द्र रिजालले आज मोरङको रङ्गेलीस्थित चर्चित संसारी मन्दिरमा पूजापाठ तथा मन्दिरको निरीक्षण गरे। सो अवसरमा उनले मन्दिरको सुन्दरता र नेपालभर चर्चित धार्मिक स्थलका रूपमा यसको ख्यातिले आफू हर्षित भएको बताए।

 

 

रिजालले २०६८ सालमा संसदीय मामिला तथा संस्कृति मन्त्री हुँदा संसारी मन्दिरको विकासको लागि २ लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए।

रङ्गेली उनको पूर्व निर्वाचन क्षेत्र भएकाले यस क्षेत्रको धार्मिक र सांस्कृतिक विकासमा योगदान पुर्याउनु आफ्नो दायित्व भएको उनले उल्लेख गरे।

मन्दिरको अवस्थाप्रति सन्तोष व्यक्त गर्दै उनले रङ्गेलीको पर्यटन व्यवसायमा मन्दिरको भूमिकाले थप योगदान पुर्याउने विश्वास व्यक्त गरे।

 

प्रकाशित मिति: २०२४-११-०९ , समय : १२:५८:२८ , ५ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित