एमालेले मानव तस्करीमा मुछिएका सांसद लिलाबल्लभ अधिकारीलाई २४ घण्टे स्पष्टीकरण पत्र जारी, अब संसदीय दलले पनि कारबाही गर्ने

मिति: २०२४-११-११ , समय : १०:३४:५७ , पारस मण्डल

पारस मण्डल

एमालेले मानव तस्करीमा मुछिएका सांसद लिलाबल्लभ अधिकारीलाई २४ घण्टे स्पष्टीकरण पत्र जारी, अब संसदीय दलले पनि कारबाही गर्न

विराटनगर(रङ्गेली), २६ कात्तिक – नेकपा एमाले कोशी प्रदेश संसदीय दलले मानव तस्करीको अभियोगमा मुछिएका सांसद तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २४ घण्टे स्पष्टीकरण माग गरेको छ। अधिकारीलाई आइतबार विराटनगरको बरगाछीस्थित निवासबाट पक्राउ गरेपछि एमालेले उक्त पत्र जारी गरेको हो।

 

स्पष्टीकरणमा विधान उल्लंघनको आरोप

एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जारी गरेको स्पष्टीकरण पत्रमा, अधिकारीले संसदीय दललाई जानकारी नदिई विदेश यात्रा गरेकाले तथा राज्यको कानुनी प्रक्रिया अवलम्बन नगरेको भन्दै विधान उल्लंघनको कारण स्पष्ट पार्न निर्देशन दिइएको छ। पत्रमा २४ घण्टाभित्र स्पष्टीकरण नदिएमा वा चित्तबुझ्दो जवाफ नआएमा विधानअनुसार कारवाही गरिने चेतावनी दिइएको छ।

 

कारवाहीको सम्भावना

 

यदि स्पष्टीकरण सन्तोषजनक नभएमा, अधिकारीलाई संसदीय दलको सदस्यबाट निलम्बन गर्ने तयारी एमालेले गरेको छ। गम्भीर अभियोगमा पक्राउ परेका अधिकारी स्वतः निलम्बनमा परिसकेका छन्, जसले गर्दा दलको गतिविधिमा उनको सहभागिता रो

किएको छ।

 

प्रकाशित मिति: २०२४-११-११ , समय : १०:३४:५७ , ५ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित