रङ्गेलीस्थित प्राचीन संसारी मन्दिरमा विकृतिहरूको वृद्धि, मन्दिरको पवित्रता खल्बलिन सक्ने चिन्ता
मिति: २०२४-११-११ , समय : १५:५५:४२ , पारस मण्डल
मिति: २०२४-११-११ , समय : १५:५५:४२ , पारस मण्डल
पारस मण्डल
रङ्गेलीस्थित प्राचीन संसारी मन्दिरमा विकृतिहरूको वृद्धि, मन्दिरको पवित्रता खल्बलिन सक्ने चिन्त
विराटनगर(रङ्गेली), मोरङ – रङ्गेलीस्थित ऐतिहासिक महत्वको संसारी मन्दिरमा पछिल्लो समयमा विकृतिहरू व्यापक रूपमा बढ्दै गएको देखिएको छ, जसले मन्दिरको धार्मिक पवित्रता र सामाजिक मान्यतालाई चुनौती दिइरहेको छ। सामाजिक सञ्जाल मा मन्दिरभित्र खिचिएका उश्रृङ्खल गतिविधिहरूका भिडियोहरू सार्वजनिक गरिएका छन्।
धार्मिक स्थलमा अनुशासनहीन गतिविधिहरूलाई प्रोत्साहन दिएर मन्दिरको गरिमा र यसको सांस्कृतिक महत्त्वलाई प्रतिकूल असर पुग्न सक्ने आशंका बढेको छ। भक्तजनहरूमा भ्रम र निराशा सिर्जना गर्दै समाजमा नकारात्मक सन्देश फैलिन सक्ने खतरा देखिएको छ। समाजिक सञ्जालमा मन्दिरप्रति सकारात्मक सन्देशमूलक प्रचार हुनु को साटो आजभोलि असान्दर्भिक पहिरन लगाएर उत्रिङकल गीतहरूमा मन्दिरको गरिमा मा आँच आउने खालको गतिविधिहरू समाजिक सञ्जालमा बढ्दै गएको देखिन्छ।
यस सन्दर्भमा मन्दिर व्यवस्थापन समितिले शीघ्र कदम नउठाए, धार्मिक आस्थामा समेत नकारात्मक असर पर्न सक्ने सम्भावना रहेकोले समितिले कडा ध्यान दिनु आवश्यक रहेको सुझाव सम्बन्धित पक्षहरूले दिएका छन्। मन्दिरको मर्यादा कायम राख्न र भावी पुस्तामा आस्थाको महत्त्व सुरक्षित राख्नका लागि मन्दिरभित्र हुने गतिविधिहरूलाई नियन्त्रण गर्ने प्रभावकारी उपाय अबलम्बन गर्नुपर्ने देखिए
को छ।
प्रकाशित मिति: २०२४-११-११ , समय : १५:५५:४२ , ५ महिना अगाडि