कानीपोखरीमा भाउजूमाथि खुकुरी प्रहार गर्ने देवर पक्राउ
मिति: २०२४-११-११ , समय : १६:१६:३२ , Our Pradesh
मिति: २०२४-११-११ , समय : १६:१६:३२ , Our Pradesh
Our Pradesh
भाउजूमाथि खुकुरी प्रहार गर्ने देवर पक्राउ
मोरङ, कानेपोखरी – मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा घरायसी विवादका क्रममा एक महिला गम्भीर घाइते भएकी छन्। कानेपोखरी–४ बयरवनका वसन्त सार्कीले शनिबार राति खुकुरी प्रहार गर्दा उनकी भाउजू, ५५ वर्षीया शिवा श्रेष्ठ (सार्की), गम्भीर घाइते भएकी हुन्।
प्रहरीका अनुसार विवाद राति करिब ८ बजे सुरु भएको थियो। मोरङ प्रहरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले वसन्तले खुकुरी प्रहारबाट भाउजूको दाहिने हातको नाडी र पातामा गहिरो चोट पुर्याएको जानकारी दिए।
घाइते शिवालाई विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। घटनामा संलग्न वसन्तलाई पक्राउ गरी ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा चलाउन थप अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीले जनाए
को छ।
प्रकाशित मिति: २०२४-११-११ , समय : १६:१६:३२ , ५ महिना अगाडि