भाजपा प्रत्याशी बुलबुल सिंहको संसारी मन्दिर दर्शनमा नेपाली कांग्रेस रङ्गेली कमिटीको सम्मानपूर्ण स्वागत, धार्मिक सद्भाव र क्षेत्रीय विकासको प्रतिबद्धता व्यक्त
मिति: २०२४-११-१२ , समय : १०:२१:१७ , पारस मण्डल
मिति: २०२४-११-१२ , समय : १०:२१:१७ , पारस मण्डल
पारस मण्डल
भाजपा प्रत्याशी बुलबुल सिंहको मन्दिर दर्शनमा नेपाली कांग्रेस र रङ्गेली कमिटीको स्वागत
भारत, बिहारको आलमनगर विधानसभाका भाजपा प्रत्याशी कुमारी बुलबुल सिंहले परिवारसहित नेपाल, रङ्गेलीस्थित प्रसिद्ध संसारी मन्दिरमा दर्शन गरिन्। पूजा अर्चनासँगै क्षेत्रका जनताको सुख, शान्ति र समृद्धिको कामना गर्दै उनले धार्मिक आस्था अभिवृद्धि र क्षेत्रीय विकासप्रति प्रतिबद्धता व्यक्त गरिन्।
यस अवसरमा नेपाली कांग्रेस रङ्गेली कमिटीद्वारा सिंहलाई सम्मानपूर्वक स्वागत गरिएको थियो। कार्यक्रमका प्रमुख सहभागीहरूमा प्रभात खबरका ब्युरो चिफ जितेन्द्र सिंह र उनकी श्रीमती बुलबुल सिंह, प्रभात खबर अररिया जिल्ला ब्युरो प्रमुख मृगेन्द्र मनी सिंह, नेपाली कांग्रेस मोरङ कार्यवाहक सभापति भक्तिनाथ माझी, मोरङ जिल्ला सचिव मोद्राज घिमीरे, नेपाली कांग्रेस नगर अध्यक्ष जगर्नाथ मण्डल, तथा समाजसेवी बेदमनी घिमिरे, शिक्षक विनोद कुमार सागर, तरुण दल मोरङ सदस्य लीला राज खरेल, शिक्षक कमलेश मण्डल, र संसारी मन्दिरका सचिव ओमकार थापा लगायतको उपस्थिति रहेको थियो।
भाजपा पक्षका अनुसार, सिंहको यो धार्मिक यात्रा र पूजाले आस्थाको बलियो आधार सिर्जना गर्नुका साथै क्षेत्रीय विकासमा समर्पित सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ। नेपाली कांग्रेस रङ्गेली कमिटीले यो स्वागतलाई धार्मिक सद्भाव र आपसी सहयोगको प्रतीकका रूपमा लिएको बताउँदै, यसले पार्टीका भिन्नतालाई भन्दा माथि उठेर जनसेवामा जोड दिने सन्देश फैलाएको जनाए
को छ।
प्रकाशित मिति: २०२४-११-१२ , समय : १०:२१:१७ , ५ महिना अगाडि