विराटनगरमा घरको छतबाट लडेर वरिष्ठ अधिवक्ताको मृत्यु

मिति: २०२४-११-१२ , समय : २१:१८:५४ , Our Pradesh

Our Pradesh

विराटनगरमा घरको छतबाट लडेर वरिष्ठ अधिवक्ताको मृत्यु

विराटनगरमा घरको छतबाट लडेर गम्भीर घाइते भएका ६८ वर्षीय वरिष्ठ अधिवक्ता जगन फुयालको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको छ। आइतबार दिउँसो विराटनगर महानगरपालिका–७ स्थित आफ्नै घरको छतबाट लडेर गम्भीर घाइते भएका फुयालको न्युरो अस्पतालमा उपचार भइरहेको थियो।

 

अधिवक्ता सञ्जयकुमार मेहताका अनुसार फुयाल घरको दुई तलामाथिको करिब २० फिट अग्लो रेलिङबाट चिप्लिएर खसेका थिए। पुरानो घरको छतमा लेउ लागेको कारणले उहाँ चिप्लिनुभएको हुनसक्ने बताइएको छ। धेरै प्रयास गर्दा पनि चिकित्सकहरूले उहाँलाई बचाउन सकेनन्। फुयाल मोरङ बारका सदस्य हुनुहुन्थ्यो।

 

फुयालका शवलाई न्युरो अस्पतालको शव गृहमा राखिएको छ। उनका छोरा र छोरी बाहिर रहेका कारण अन्त्येष्टिका लागि उनीहरू आइसकेपछि प्रक्रिया अघि बढाइने तयारी छ। शवको पोस्टमार्टम कोशी अस्पतालमा गरिने र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाए

को छ।

 

प्रकाशित मिति: २०२४-११-१२ , समय : २१:१८:५४ , ५ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित