धरानको कृषि फार्मबाट ठूलो परिमाणमा गाँजा बरामद, बिक्री गर्ने विराटनगरका दुई युवा पक्राउ

मिति: २०२४-११-१३ , समय : ११:३८:१२ , Our Pradesh

Our Pradesh

धरानको सुप्रिम एग्रिकल्चर फार्ममा मंगलबार राति प्रहरीको विशेष कारबाहीमा ३२० केजी गाँजा बरामद भएको छ। कोशी प्रदेश प्रहरी कार्यालयको लागुऔषध विशेष ब्यूरो टोलीले धरान–१७ मा रहेको फार्ममा छापा हानी गाँजासहित फार्म सञ्चालकलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार धनकुटाको साँघुरिगढी–८ घर भई हाल धरानमा कृषि फार्म सञ्चालन गर्दै आएका मणिराज राईको कोठाबाट दश बोरा गाँजा बरामद गरिएको छ। विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा संलग्न वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहालले राईमाथि थप अनुसन्धान भईरहेको जानकारी दिएका छन्।

 

यस्तै मोरङ प्रहरीले पनि गाँजा बिक्रीको सूचनाका आधारमा विराटनगर महानगरपालिका–४ र कटहरी गाउँपालिका–१ मा छापा हानी आठ केजी गाँजासहित दुई व्यक्तिलाई पक्राउ गरेको छ।

 

प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीका अनुसार मोरङको कटहरी–१ निवासी ४१ वर्षीय गोपाल कुमार राजवंशीको घरबाट पाँच केजी र विराटनगर–४ निवासी ६२ वर्षीय सहरुदिन मिँयाको घरबाट तीन केजी गाँजा बरामद गरि

एको छ।

 

प्रकाशित मिति: २०२४-११-१३ , समय : ११:३८:१२ , ५ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित