नेपाली कांग्रेस उपसभापति धनराज गुरुङको सहकारी ठगी प्रकरणमा ६ घण्टा लामो बयान

मिति: २०२४-११-१३ , समय : २०:३५:५८ , Our Pradesh

Our Pradesh

नेपाली कांग्रेस उपसभापति धनराज गुरुङको सहकारी ठगी प्रकरणमा ६ घण्टा लामो बयान

काठमाडौँ – सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग ६ घण्टा लामो बयान लिएको छ। आज दिउँसो १२ बजेदेखि साँझ पाँच बजेसम्म सिआइबीका प्रमुख एआइजी दिपक थापाले गुरुङसँग यो बयान लिएको पुष्टि गरेका छन्।

 

बयानको क्रममा उपसभापति गुरुङले मितेरी सहकारीको रकम हिनामिना नगरेको दाबी गर्दै अनुसन्धानमा सहयोग गर्ने बताएका छन्। सिआइबीले बुधबार गुरुङलाई मितेरी सहकारीको १४ करोड ठगीसम्बन्धी आरोपमा बयानका लागि उपस्थित गराएको थियो। बयानमा गुरुङसँग उनकी पूर्व पत्नी ज्योति गुरुङको नाममा सहकारीबाट प्रवाह भएको १ करोड १३ लाखको ऋण र उनले भुक्तान गरेको भनिएको ९२ लाखबारे सोधपुछ गरिएको थियो।

 

गुरुङका अनुसार २०५७ सालदेखि सहकारीमा कार्यरत रहेकी ज्योति २०७५ सालमा सहकारीको कार्यकारी प्रमुख थिइन्। उनका नाममा सहकारीबाट १ करोड १३ लाख ऋण प्रवाह भएको देखिए पनि बाँकी ८४ लाखको दायित्व धनराज गुरुङले लिएका थिए। बयानमा उनले सम्बन्ध विच्छेदका क्रममा ज्योतिले सम्पत्ति नलिने र सहकारीको बाँकी ऋण आफैं तिर्ने सहमति भएको पनि स्पष्ट गरेका

छन्।

 

प्रकाशित मिति: २०२४-११-१३ , समय : २०:३५:५८ , ५ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित