सामाजिक सञ्जालमा दुरुपयोग रोक्न युट्युब र फेसबुक पेज अनुगमन गर्दै प्रेस काउन्सिल
मिति: २०२४-११-१४ , समय : ०८:४६:२५ , Our Pradesh
मिति: २०२४-११-१४ , समय : ०८:४६:२५ , Our Pradesh
Our Pradesh
सामाजिक सञ्जालमा दुरुपयोग रोक्न युट्युब र फेसबुक पेज अनुगमन गर्दै प्रेस काउन्सि
प्रेस काउन्सिल नेपालले सञ्चार माध्यमसँग सम्बद्ध तथा असम्बद्ध सामाजिक सञ्जाल, विशेषगरी युट्युब च्यानल र फेसबुक पेजमार्फत सम्प्रेषित सामग्रीको सत्यता र विश्वसनीयता सुनिश्चित गर्न विशेष अपिल जारी गरेको छ। मंगलबार जारी उक्त अपिलमा सामाजिक सञ्जालहरूमा सञ्चालकको नाम र ठेगाना स्पष्ट हुनुपर्ने, साथै तथ्यपूर्ण समाचार सम्प्रेषणको आवश्यकता रहेको उल्लेख गरिएको छ।
काउन्सिलका अनुसार, सामाजिक सञ्जालमा देखिएका आपत्तिजनक सामग्रीको अनुगमन, अध्ययन, र सुधारका लागि विभिन्न कार्यक्रम पनि सञ्चालन भइरहेका छन्। सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा युट्युब, अनलाइन टिभी लगायतका सामाजिक सञ्जाल पेजहरूको प्रयोगलाई व्यवस्थित बनाउन प्रेस काउन्सिलले छुट्टै कार्यविधि बनाइ कार्यान्वयन गरिरहेको जानकारी गराइएको छ। पत्रकार आचारसंहिता उल्लंघन गर्ने सामग्रीमा कारबाहीको प्रक्रिया सुरु गरिएको र अफवाह, द्वन्द्व, अश्लीलता, तथा अन्धविश्वासलाई प्रोत्साहन गर्ने सामग्रीप्रति कडा कारबाही गरिने काउन्सिलले स्पष्ट पारेको छ।
काउन्सिलले पछिल्लो समय सामाजिक सञ्जालमा सञ्चार माध्यमप्रति वितृष्णा फैलाउने प्रयासप्रति गम्भीर ध्यानाकर्षण गरेको पनि जनाएको छ। “सामाजिक सञ्जालबाट मिडियाको अविश्वास फैलाउन गरिएको प्रयासप्रति काउन्सिल सचेत छ,” विज्ञप्तिमा उल्लेख छ।
यस्तै, विज्ञापनका लागि अनावश्यक दबाब दिने, बार्गेनिङ गर्ने, वा इच्छाअनुसार विज्ञापन नपाउँदा तथ्यहीन सामग्री प्रकाशित गर्ने व्यक्तिहरूप्रति पनि काउन्सिलले सचेत गराएको छ। समाजमा सत्य, तथ्यपूर्ण, र सन्तुलित सूचना प्रवाहको महत्वलाई कायम राख्न काउन्सिलले सामाजिक सञ्जालहरूलाई आचारसंहिता पालन गर्न आग्रह गर्दै प्रेस स्वतन्त्रताको संरक्षण र मिडियाको मर्यादा कायम राख्न सक्रिय भूमिका खेलिरहेको
बताएको छ।
प्रकाशित मिति: २०२४-११-१४ , समय : ०८:४६:२५ , ५ महिना अगाडि