धनराज गुरुङले सहकारी ठगी आरोप अस्वीकार गर्दै भने, “साँवा–ब्याज चुक्ता गरिसकेको छु, म कसरी ठग भएँ?
मिति: २०२४-११-१४ , समय : ०९:३३:०२ , Our Pradesh
मिति: २०२४-११-१४ , समय : ०९:३३:०२ , Our Pradesh
Our Pradesh
धनराज गुरुङले सहकारी ठगी आरोप अस्वीकार गर्दै भने, “साँवा–ब्याज चुक्ता गरिसकेको छु, म कसरी ठग भएँ
विराटनगर(रङ्गेली)— नेपाली कांग्रेसका उपसभापति र सांसद धनराज गुरुङले ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका छन्। प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा करिब साढे ४ घण्टा लामो बयानका क्रममा गुरुङले सहकारीबाट लिएको सबै साँवा र ब्याज चुक्ता गरिसकेको जिकिर गर्दै आफू ठगीमा संलग्न नरहेको स्पष्ट पारे।
गुरुङले सहकारीकै कारण आफ्नो घरबार बिग्रेको र यो प्रकरणमा आफू नै पीडित भएको दाबी गरे। उनले श्रीमती ज्योति गुरुङसँगको सम्बन्धविच्छेद कानुनी रूपमा सक्कली रहेको र सहकारीले दाम्पत्य जीवनमा अस्थिरता ल्याएको बताए। सहकारीको ऋण चुक्ता गरिसकेको भए पनि सम्बन्धविच्छेदको एक वर्षपछि लिएको १२ लाख ऋणका कारण आफूमाथि नक्कली सम्बन्धविच्छेदको आरोप लागेको गुरुङले बयानमा प्रष्ट्याए।
सीआईबी प्रमुख एआईजी दीपक थापाका अनुसार, गुरुङले बयानमा सम्बन्धविच्छेद गर्दा आफूले पहिलेका सबै ऋण तिर्ने र छोराछोरीको लालनपालन आफैं गर्ने सम्झौता भएको जानकारी गराएका छन्। हालसम्म उपलब्ध प्रमाणअनुसार गुरुङले मितेरी सहकारीसँगको सबै आर्थिक दायित्व पूरा गरिसकेको देखिएको थापाले बताएका छन्।
गुरुङमाथि श्रीमतीलाई अगाडि राखेर सहकारीको रकम हिनामिना गरेको आरोप लाग्दै आएको छ। सहकारीका सञ्चालक बोधविक्रम थापाले गत साउनमा ११ जनाविरुद्ध उजुरी दिएका थिए, जसमा गुरुङ पनि थिए। वाग्मती प्रदेशको सहकारी मन्त्रालयले भने अनुसन्धानका लागि ज्योति गुरुङ र अन्य चार व्यक्तिको मात्र नाम सिफारिश गरेको थियो। यस निर्णयले गुरुङलाई जोगाउन दबाब परेको आरोप लगाइएको छ।
गुरुङले आफूविरुद्ध आएका सबै आरोप झुठा रहेको र सहकारीले दिएको कानुनी सेवा अन्तर्गत रकम लिएको उल्लेख
गरेका छन्।
प्रकाशित मिति: २०२४-११-१४ , समय : ०९:३३:०२ , ५ महिना अगाडि