इलाका प्रहरी कार्यालय रंगेलीमा उमा गौरी कृषि सहकारी संस्था विरुद्ध ठगीको उजुरीको चाप
मिति: २०२४-११-१५ , समय : १२:१३:१८ , Our Pradesh
मिति: २०२४-११-१५ , समय : १२:१३:१८ , Our Pradesh
Our Pradesh
रंगेलीमा उमा गौरी कृषि सहकारी संस्था विरुद्ध ठगीको उजुरीको चाप
रंगेली, मोरङ – इलाका प्रहरी कार्यालय, रंगेलीको अनुसन्धान शाखामा उमा गौरी कृषि सहकारी संस्थाद्वारा बचतकर्ता, ऋणी तथा सदस्यहरूलाई ठगी गरेको आरोपमा उजुरी आउने क्रम तीव्र भएको छ। १०० जनाभन्दा बढी पीडितहरू ठगीको प्रमाणसहित प्रहरी कार्यालयमा सम्पर्क गरिसकेका छन्, जसले गर्दा सहकारीमा संलग्न विभिन्न आर्थिक अनियमितता र ठगीका घटना उजागर भएको हो।
oplus_131074
प्रहरी कार्यालयले यस मामलाको गम्भीरताका साथ अनुसन्धान अघि बढाएको छ र थप पीडितहरूलाई यथाशीघ्र प्रमाणसहित सम्पर्क गर्न आग्रह गरेको छ। ठगिनुभएका व्यक्तिहरूलाई अनुसन्धान शाखा, इलाका प्रहरी कार्यालय, रंगेलीमा उपस्थित भई आफ्नो मुद्दाको विवरण राख्न सूचित गरिएको
छ।
प्रकाशित मिति: २०२४-११-१५ , समय : १२:१३:१८ , ५ महिना अगाडि