स्थानीय तह उपनिर्वाचन: नेपाली कांग्रेसले उम्मेदवारहरूको नाम सर्वसम्मत रूपमा टुंग्यायो
मिति: २०२४-११-१५ , समय : २०:३१:१८ , Our Pradesh
मिति: २०२४-११-१५ , समय : २०:३१:१८ , Our Pradesh
Our Pradesh
स्थानीय तह उपनिर्वाचन: नेपाली कांग्रेसले उम्मेदवारहरूको नाम सर्वसम्मत रूपमा टुंग्याय
नेपाली कांग्रेसले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि कोशी र गण्डकी प्रदेशमा आफ्ना उम्मेदवारहरू सर्वसम्मत रूपमा चयन गरेको छ।
कोशी प्रदेशमा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ को वडाध्यक्षमा भीमकुमार लक्सम्वा, झापा कन्काई नगरपालिका–६ मा रामगोपाल वली, मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्षमा बलराम सरदार, तेह्रथुम लालीगुराँस नगरपालिका–८ मा नगेन्द्र लिम्बू, सुनसरी गढी गाउँपालिका–६ मा तेतर साह, ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुखमा टेकराज भट्टराई, मोलुङ गाउँपालिका–५ मा घनश्याम दाहाल, उदयपुर त्रियुगा नगरपालिका–१२ मा सञ्जीव काफ्ले, र बेलका नगरपालिका–९ मा नवराज बस्नेत उम्मेदवार चयन भएका छन्।
गण्डकी प्रदेशअन्तर्गत गोरखा नगरपालिका–५ को वडाध्यक्षमा भाइकाजी आलेलाई सर्वसम्मत उम्मेदवार बनाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
नेपाली कांग्रेसले सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भई निर्वाचनको तयारीमा जुट्न आह्वान ग
रेको छ।
प्रकाशित मिति: २०२४-११-१५ , समय : २०:३१:१८ , ५ महिना अगाडि