कानेपोखरी एकता समाजको गठन
मिति: २०२४-११-१९ , समय : १२:११:१५ , Our Pradesh
मिति: २०२४-११-१९ , समय : १२:११:१५ , Our Pradesh
Our Pradesh
दुर्गा नारायण खतिवडा (बिबेक)
कानेपोखरी, साउन ४ / मोरङको कानेपोखरी गाउँपालिकामा कानेपोखरीका अग्रसर युवाहरुको एकताको लक्ष्य लिएर एक नयाँ सामाजिक संस्थाको गठन भएको छ।
सनिवार कानेपोखरी ५ स्थित जनबिकास सहकारी संस्थाको सभाहलमा समाजसेवी नेत्र बाहादुर थापाको अध्यक्षतामा कानेपोखरी एकता समाजको औपचारिक गठन गरिएको हो।
नवगठित कानेपोखरी एकता समाजको अध्यक्षमा मनोज कार्की, उपाध्यक्षमा अनु श्रेष्ठ, सचिवमा प्रतिक निरौला, सहसचिवमा जितेस खड्का र कोषाध्यक्षमा मन्दिरा चापागाई चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा निश्चल लिम्बु, विवस कोइराला, प्रवेश कार्की, समिर कार्की, विना पाण्डे, कपिल रिजाल, पना राजवंशी र निश्चल गौतम रहेका छन।
एकता समाजको गठन कार्यक्रममा जनबिकास सहकारी संस्था अध्यक्ष कोपिला कार्की लगायत युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नवनियुक्त पदाधिकारीहरूले समाजको विकासको लागि काम गर्ने प्रतिबद्धता जनाएका छन्।
कानेपोखरी क्षेत्रको सामाजिक र सांस्कृतिक विकासमा टेवा पुर्याउने उद्देश्यले गठन गरिएको ले यस समाजले आगामी दिनमा विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने अध्यक्ष मनोज कार्कीले जानकारी दिएका छन।
प्रकाशित मिति: २०२४-११-१९ , समय : १२:११:१५ , ५ महिना अगाडि