स्थानीय तह उपनिर्वाचन: ४१ पदका लागि ३७६ उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

मिति: २०२४-११-२१ , समय : ०६:५७:२६ , Our Pradesh

Our Pradesh

विराटनगर (रङ्गेली) – निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ।

 

आयोगले बुधबार निर्वाचन कार्यतालिकाअनुसार देशभरका विभिन्न स्थानीय तहमा रिक्त रहेका पदहरूको लागि उम्मेदवारहरूको नामावली प्रकाशन गरेको हो। यसपटकका उपनिर्वाचनमा समन्वय समिति, नगरपालिका र गाउँपालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष पदहरू समेटिएका छन्।

 

देशभर ४४ रिक्त पदमध्ये ३ पदका लागि उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्। बाँकी ४१ पदका लागि ३७६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।


आयोगले तोकेको मितिअनुसार मंसिर १६ गते निर्वाचन

हुनेछ। अब चुनावी मैदानमा रहेका उम्मेदवारहरूबीच तीव्र प्रतिस्पर्धा हुने अपेक्षा गरि

एको छ।

 

प्रकाशित मिति: २०२४-११-२१ , समय : ०६:५७:२६ , ५ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित