उर्लाबारी मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो
मिति: २०२४-११-२२ , समय : १०:४८:३४ , Our Pradesh
मिति: २०२४-११-२२ , समय : १०:४८:३४ , Our Pradesh
Our Pradesh
उर्लाबारी मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्य
मोरङको उर्लाबारीमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ। कानेपोखरी–४ का अन्दाजी २६ वर्षीय अमृत लिम्बूको बिहीबार साँझ झापास्थित वि.एण्ड.सी. अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।
सो दुर्घटनामा परेर यसअघि नै दुई जनाको मृत्यु भइसकेको थियो। लिम्बूको मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको छ।
यस्तै, दुर्घटनामा गम्भीर घाइते भएका पथरीशनिश्चरे–५ का अन्दाजी ३८ वर्षीय विष्णु धिमालको वि.एण्ड.सी. अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाए
को छ।
प्रकाशित मिति: २०२४-११-२२ , समय : १०:४८:३४ , ५ महिना अगाडि