पूर्वमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मानव तस्करीको मुद्दा नचल्ने
मिति: २०२४-११-२५ , समय : २०:२५:०५ , Our Pradesh
मिति: २०२४-११-२५ , समय : २०:२५:०५ , Our Pradesh
Our Pradesh
पूर्वमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मानव तस्करीको मुद्दा नचल्ने
काठमाडौं — मानव तस्करीको आरोपमा पक्राउ परेका नेकपा (एमाले) का नेता एवं कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचल्ने भएको छ।
सरकारी वकिलको कार्यालय काठमाडौंले अधिकारीलाई मुद्दा नचलाउने निर्णय गर्दै घटनामा संलग्न रहेको आरोपमा अन्य ११ जनालाई प्रतिवादी बनाएको छ। तीमध्ये तीन जना फरार रहेका छन् भने अन्य आठ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ।
पूर्वमन्त्री अधिकारी गत कार्तिक २५ गते जापानको अध्यागमन विभागबाट डिपोर्ट भइ पक्राउ परेका थिए। उनी मन्त्रालयसँग असम्बन्धित व्यक्तिहरूलाई नक्कली कागजातमार्फत जापान लगेको आरोपमा परेका हुन्। जापान पुगेका तीन व्यक्तिले १० देखि १४ लाख रुपैयाँसम्म तिरेको प्रहरीसमक्ष बयान दिएका थिए।
यस घटनामा महेश पाण्डे, दावा शेर्पा, जनक राई, कञ्चन देवकोटा, जुगल रिजाल, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई, वीरबहादुर सुनुवार र योगराज गौतम प्रतिवादी बनाइएको छ। फरार रहेका योगराज गौतम, विष्णुप्रसाद भट्टराई र दिवाकरबाबु भट्टराईको खोजी भइर
हेको छ।
प्रकाशित मिति: २०२४-११-२५ , समय : २०:२५:०५ , ५ महिना अगाडि